गृहपृष्ठ कालिका खबर डटकम दोस्रो बर्षमा प्रवेश ,यस्तो छ प्रतिवद्धता
कालिका खबर डटकम दोस्रो बर्षमा प्रवेश ,यस्तो छ प्रतिवद्धता

कालिका खबर डटकम स्थापनाको एक वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ ।
दोस्रो वर्ष प्रवेश गरिरहँदा निरन्तर साथ दिनुहुने समस्त पाठक, दर्शक, विज्ञापनदाता, शुभेच्छुक तथा यस संस्थामा आवद्ध सम्पूर्ण सदस्य तथा कर्मचारीहरुप्रति कालिका खबर डट.कमले विशेष आभार व्यक्त गर्दछ।
सबैको शुभेच्छा, हौसला, सहयोग र सहकार्यलेनै यस सञ्चार माध्यमलाई स्थापित गराउँदै जनतालाई सुसुचित गराउने अविराम यात्रामा निरन्तर खटिरहन उर्जा प्राप्त भएको छ।
खोज पत्रकारितालाई विशेष प्राथमिकता दिँदै कालिका–खबर डटकम २०७८ जेठ १६ बाट आरम्भ गरिएको थियो।
जुन उद्देश्य र लक्ष्यका साथ सुरु भयो कालिका–खबर डटकमले सोहि अनुसार आफ्ना कदमहरु चालिरहेको छ। कलमहरु सोहि अनुसार चलिरहेका छन्। जुन सम्पूर्ण पाठकहरुमा जगजाहेर छ।
न्यायपरिषदले छानबिन गरेर न्यायधिशसमेतलाई कारवाही भएको छ। सरकारले नीतिगत निर्णय सच्याएको छ। जननिर्वाचित सांसदहरुलाई जनताप्रति उत्तरदायी बनाउन खबरदारी गरिएको छ।
खोजमूलक पत्रकारिता मार्फत हामीले राजनीति भित्रका बिषय चिरफार गर्ने जमर्को गरेका छौ। समाजको बदलिँदो चित्रलाई उजागर गर्न,जनताका भावनालाई दुरुस्त समेट्न कालिका खबर हरदम प्रयासरत रहेको यहाँहरुमाझ सर्वविदितै छ।
सोही उद्देश्य राखेर अघि बढेको कालिका–खबर डटकम आफ्नो गन्तव्यमा निरन्तर लागिरहने प्रण गर्दछ। साथै यस एक वर्षको अवधिमा हाम्रा गल्ती– कमजोरी औल्याएर सधैं सत्य र तथ्यको बाटोमा अघि बढ्न प्रेरित गर्ने सम्पूर्ण पाठकवर्ग,दर्शक ,श्रोता एवं शुभचिन्तकप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौ।
आगामी दिनमा पनि निरन्तर रचनात्मक सुझावको अपेक्षा गरेको युवा पत्रकार एवं कालिका खबर डट कमका प्रबन्ध निर्देशक पुस्तक रेग्मीले बताए।