गृहपृष्ठ कालिकोटका ब्यापारी हमालको प्रहरी कुटाइबाट मृत्यु भएको आफन्तको दाबी
कालिकोटका ब्यापारी हमालको प्रहरी कुटाइबाट मृत्यु भएको आफन्तको दाबी

सुर्खेतमा कालिकोटका एक व्यापारीको मृत्यु भएको छ। नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मिन हमालको मृत्यु भएको हो।
व्यापारी हमाल नेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जादैँ थिए। त्यही क्रममा सुर्खेत वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा सामान बढी हालेको बिषयमा प्रहरीसँग वादविवाद भएको थियो। विवादकै क्रममा प्रहरीले कुटेको हमालको आफन्तको आरोप छ।
नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर हिँडेका उनलाई सुब्बा कुना प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तको आरोप छ।मृत्तकका काका कलमबहादुर हमालका अनुसार गाडीका दुई जना स्टाफलाई प्रहरीले कुटेपछि यसो नगर्न हमालले आग्रह गरेका थिए।
यसो नगर्न भनेपछि उनीमाथिनै प्रहरी जाइ लागेको कमलबहादुरले बताए। ‘प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको थियो।’ उनले भने।
हमालको शव सुर्खेत हस्पिटलमा राखिएको छ। कालिकोटबाट आफन्त आउँदै गरेको जनाएका छन्। हमालको मृत्यु शंकास्पद भएकाले छानबिनको माग गरेको मृतकका छिमेकी रनबहादुर खत्रीले बताए।