२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ कास्कीमा निषेधाज्ञा एक हप्ता थप,विगतको भन्दा केही खुकुलो

कास्कीमा निषेधाज्ञा एक हप्ता थप,विगतको भन्दा केही खुकुलो

कास्की जिल्लामा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ।यसपालिको निषेधाज्ञा भने केही खुकुलो गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोरका आधारमा संचालन हुनेछन्।

त्यसैगरी विभिन्न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयअनुसार असार ८ गतेदेखि असार १५ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए।

यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटिपार्लर, सैलनु, फुटपाथ पसललगायत सेवालाई निषेधाज्ञाको समयमा सञ्चालन अनुमति दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु