२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ कास्की आदर्श सेवा समाज पोर्चुगलले तीज विशेष कार्यक्रम गर्ने,चोलेन्द्र पौडेल सहितका कलाकारहरुको प्रस्तुती रहने

कास्की आदर्श सेवा समाज पोर्चुगलले तीज विशेष कार्यक्रम गर्ने,चोलेन्द्र पौडेल सहितका कलाकारहरुको प्रस्तुती रहने

कास्की आदर्श सेवा समाज पोर्चुगलले नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ।

नेपालका राष्ट्रिय कलाकारहरु चोलेन्द्र पौडेल, पार्वती जिसी, तुलसी क्षेत्री लगायतको प्रस्तुति सहितको वृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको हो।

आगामी ३० अगस्ट २०२२ मंगलबार दिउँसो ३ बजेदेखि लिस्बनको बेलाभिस्ता पार्कमा कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।

उक्त अवसरमा सम्पूर्ण कस्केली महिला दिदिबहिनी तथा पोर्चुगलमा रहनु भएका अरु नेपाली महिला दिदिबहिनी तथा दाजुभाइहरुलाई उपस्थितिको भइ साँस्कृतिक माहोलमा रमाउन आयोजकहरुले निमन्त्रणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु