२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ कास्की आदर्श सेवा समाज पोर्चुगलले तीज कार्यक्रम सहित निशुल्क दर खुवाउने

कास्की आदर्श सेवा समाज पोर्चुगलले तीज कार्यक्रम सहित निशुल्क दर खुवाउने

पोर्चुगलमा क्रियासिल सस्थाको रुपमा परिचित कास्की आदर्श सेवा समाज पोर्चुगलले तिजको अवसरमा विशेष साँस्कृतिक कार्यक्रम सहित निशुल्क दर खुवाउने भएको छ।

कार्यक्रममा उपस्थित सम्पूर्ण नेपालीहरुलाई भोजन सहितको कार्यक्रम राखिएको समाजले जानकारी दिएको छ।नेपालका ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु चोलेन्द्र पौडेल, पार्वती जिसी, तुलसी क्षेत्री लगायतको प्रस्तुति सहितको वृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको हो।

आगामी ३० अगस्ट २०२२ मंगलबार दिउँसो ३ बजेदेखि लिस्वनको बेलाभिस्ता पार्कमा कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ।

उक्त अवसरमा सम्पूर्ण कस्केली महिला दिदिबहिनी तथा पोर्चुगलमा रहनु भएका अरु नेपाली महिला दिदिबहिनी तथा दाजुभाइहरुलाई उपस्थितिको भइ साँस्कृतिक माहोलमा रमाउन आयोजकहरुले निमन्त्रणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु