२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ कास्की आदर्श सेवा समाज पोर्चुगलको अधिवेशन,अध्यक्षमा भट्टराई चयन

कास्की आदर्श सेवा समाज पोर्चुगलको अधिवेशन,अध्यक्षमा भट्टराई चयन

पोर्चुगलस्थित कास्की आदर्श सेवा समाजको अध्यक्षमा शक्ति भट्टराई चयन भएका छन्। बुधबार बसेको समाजको भेलाले अध्यक्षमा भट्टराई र महासचिवमा सविन पौडेललाई सर्वसम्म्त चयन गरेको हो।

समाजको उपाध्यक्षमा बिशाल आचार्य चयन भए। भेलाले अर्को उपाध्यक्षमा शोभा गिरि पुरीलाई चयन गरेको छ एक उपाध्यक्ष पछि थपिने छ भने महासचिवमा सबिन पौडेल र उपमहासचिबमा इश्वर देबकोटालाई चयन गरेको हो। अर्को एक उपमहासचिव पनि पछि थपिने छ।

यस्तै समाजको सचिवमा सुरेश न्यौपाने, राजेन्द्र दियाली र नारायण थापा चयन भएका छन्। उता कोषाध्यक्षमा जानुका आचार्य र सह कोषाध्यक्षमा बिन्दु गौतम चयन भए।

भेलाले समाजको सदस्यमा सीता गुरुङ, ठाकुर गुरुङ, शोभा पौडेल, कृष्ण गिरि, संगीता भण्डारी, मातृका परियार, रक गुरुङ र सुष्मा जलारी चयन भएका छन्।

समाजले अल्गार्भ, अलेन्तेजु लगायत क्षेत्रका प्रतिनिधिहरु पछि मनोनित गर्ने जनाएको छ। आगामी कार्यकालका लागि चयन भएका पदाधिकारीको पदावधि दुई बर्षको रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु