गृहपृष्ठ किन रोकियो एमाले एकता?अव युवाले नेतृत्व लिने हिम्मत गर्ने कि चाकडीबाजमै रमाउने!
किन रोकियो एमाले एकता?अव युवाले नेतृत्व लिने हिम्मत गर्ने कि चाकडीबाजमै रमाउने!

नेपालमा हामीले बुझेसम्म कालन्तरदेखिनै राजनीतिक अस्थिरता र सत्ताकेन्द्रीत राजनीति ले अड्डा जमाएको छ।चाहे सरकार बनाउदा सांसद किनबेचको रबैया होस् या पद प्राप्तिका निम्ति दिशाहिन र अर्थहिन सम्झौता किन नहोस्।
यी हरेक हर्कत माकुराको जालो जस्तै फैलिएको छ।राजनीतिक पार्टी सुध्रेलान र देशको हितको निम्ति सकारात्मक कदम चाल्छन भन्ने आशा केवल निराशामा मडारीएको छ।
पछिल्लो समय सबैभन्दा चर्चा र परिचर्चाको बिषय बनेको छ -नेकपा एमालेको आन्तरिक कलह।यो पार्टीमा पनि कुनै सिद्धान्त वा जनताको नाराका निम्ति हैन।केवल सत्ता,पद,प्रतिस्ठा र व्यक्तिगत स्वार्थमा रोमलिएको छ एमालेको राजनिती।
भलै कतिपय राम्रा,योग्य र देशभक्त नेताहरु पनि नभएका भने होइनन्।तर सक्षम र इमान्दार नेताको बोलीको सुनुवाइ वा सम्बोधन फिटिक्कै भएको देखिदैन।जसले कुनै नेताको एकोहोरो चाकडी ,गुणगान गाउँछ,उसैको तन्त्र-मन्त्र मात्र सुनिन्छ।
अहिले एमालेमा देखिएको समस्या पनि त्यहीँ प्रवृत्तिको दोतक हो भन्दा अतियुक्ती नहोला।आफ्नो निजि स्वार्थकालागि नेताका आसेपासेले जस्तोसुकै कुकर्म गर्न पनि हौसाउने प्रवृत्तिनै अहिलेको मुख्य जड हो।खासगरि अहिले एमाले दुई पक्षमा विभाजीत छ।
एउटा अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्को माधव कुमार नेपाल पक्ष।ओली आफैमा सारै नराम्रा मान्छे होइनन्।उनलाई देशको चिन्ता छ।देश बनाउने सपना अत्यन्त तारीफ योग्य छन्।अर्का वरिष्ठ नेता नेपाल पनि अहिलेसम्म भ्रष्टाचारमा नमुछिएका नेता हुन्।तर यी दुबैको सल्लाह दिने सल्लाहकारले पार्टी विभाजन र वितन्डा मच्चाउन खोजेका छन्।
हिजो मात्रै ओलीले सार्वजनिक विज्ञप्ति जारी गरेर एकताको लागि आव्हान गरेका छन् भने आज नेपाल पक्षको स्थायी समिती बैठक बसिरहेको छ।अब यो प्रकरण कहाँ पुग्ने हो!त्यो हेर्न बाँकी छ।
कता पद र शक्ति आर्जन गर्न सकिन्छ ,भएभरको सम्पत्ति आर्जन गर्न सकिन्छ भन्ने केही स्वार्थ समूहले एमाले एकीकरणमा कालो बादल कोरेका छन्।एकता हैन विभाजन गरि पद र शक्ति आर्जन गर्ने दाउपेचले पार्टी छुन्नमुन्न भएको छ।अब त चाकडीबाजको अन्त्य हुन जरुरी छ।
अब उपरान्त युवा,उर्जाशिल ,जोशजागर भएका युवा नेता अगाडी बढ्ने हिम्म्त गर्नु पर्छ।सामाजिक संजाल र बाहिर मिडियामा भएभरको वान्ता गर्नेहरु त्यहीँ मुल नेताको अगाडि गएर बोल्ने आँट गर्न सक्दैनन्।
शिर्ष नेताले जे बोल्यो ,त्यो नै हो मा हो ठोक्नेहरुले जनताकामाझ चिल्ला ,मिठा कुरा गरेको बिल्कुल सुहाउँदैन।देश र जनताको साच्चिकै चिन्ता,दया,माया छ भने रास्ट्र हाक्ने बागडोर अबउपरान्त सबल र सक्षम युवा नेताले लिनु आवश्यक छ।
ओली र नेपालले आज सम्म देशका खातिर पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै दुबैलाई स-सम्मान विदाई गर्न अब ढिला गर्नु किमार्थ हुँदैन।सत्ता,शक्ति र पदको बागडोरमा रमाउने धृष्टताको अन्त्य गरौं।
पार्टी सुदृढ,एकीकृत,सशक्त बनाउन अग्रगामी पहल गरौँ।जय देश …..