Covid-19
City Express

किन हटाइए पूर्व अध्यक्ष भवन भट्ट एनआरएन भ्रमण वर्षको संयोजकबाट ?

राजकुमार थापा, लिस्वन । ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्ले बनाएको बिशेष समितिबाट निवर्तमान अध्यक्ष भवन भट्ट हटाइएका छन् ।

गैरआवासीय नेपाली संघले ‘भिजिट नेपाल २०२०’ विशेष समिति अध्यक्ष भवन भट्टलाई मनोनित गरे पनि नेपाल सरकारका उच्च अधिकारीहरुले नै भट्टलाई अस्वीकार गरेको बिश्वस्त श्रोतबाट जानकारी प्राप्त भएको छ ।

नेपाल सरकारद्धारा गठित विशेष समितिको संरक्षकमा पर्यटनमन्त्री योगेश भट्टराई रहेका छन् । मन्त्री स्तरीय समितिमा बिगतको कार्य सम्पादनलाई समेत मुल्यांकन गरेर भट्टले काम गर्न नसक्ने निष्कर्षकासाथ उनलाई सरकारी अधिकारीहरुले सो समितिमा नराख्न संघका अध्यक्ष कुमार पन्तलाई भनिएको स्रोतको दावी छ ।

स्रोतले भन्यो, नेपाल सरकार ‘भिजिट नेपाल २०२०’ मा पुरै गैरआवासीय नेपालीहरुलाई परिचालन गर्न चाहान्छ तर विभिन्न काण्डमा विवादित भट्टले सो कामको जिम्मेवारी गम्भीरतापुर्वक पूरा गर्दैनन् भनेर सरकार पक्षले नै उनलाई अस्वीकार गरेको हो । तर निवर्तमान अध्यक्षको आफ्नै रोजाई रहेको सो विभाग नदिए संघभित्र नकरात्मक सन्देश जाने भन्दै संघले उनलाई सो अभियानको संयोजक बनाएको थियो, संघका एक पदाधिकारीले बताए ।

संघ स्रोतका अनुसार भट्ट मादक पदार्थको शुरुमा जुनसुकै हर्कत गर्ने र संघलाई बद्नाम बनाएर जुनसुकै बेला छोडेर हिड्न सक्ने भएका कारण भन्दै यस अघि नै अध्यक्ष कुमार पन्तको संयोजकत्वमा “नेपाल भ्रमण बर्ष २०२०” उच्चस्तरीय समिति सक्रिय भइ काम थालिसकेको थियो ।

गैरआवासीय नेपाली संघको एक पदाधिकारीका अनुसार संघ शुद्धिकरण अभियान अन्तरर्गगत विभागीय मोडलमा गएको छ । संघभित्र रहेका समितिहरु बिभिन्न पदाधिकारीहरुको नेतृत्वमा रहेको विभाग अन्तरर्गत रहेका छन् ।

भट्टले समालेको “नेपाल भ्रमण बर्ष २०२०” समिति उपाध्यक्ष अर्जुन श्रेष्ठ अन्तरर्गत रहेको छ । संघको अध्यक्ष भैसकेका भट्ट एक विभाग भित्रको समितिमा काम गर्न राजी हुँदा पनि नेपाल सरकारको भ्रमण बर्ष उच्च निकायको अनिच्छाका कारण उनको सपना पूरा भएन र उनलाई हटाइएको छ ।

गैरआवासीय नेपाली संघले ‘भिजिट नेपाल २०२०’ को शुभारम्भ गर्दा दशरथ रंगशालामा लाखौं विदेश पर्यटक भित्रयाउन घोषणा गरेको थियो । सो अभियानको लागि भट्ट उपयुक्त पात्र नभएको संघका अधिकास पदाधिकारीहरुको पनि बुझाई रहेको देखिएको छ ।

यसै बर्ष सुरु भएको भिजिट नेपाल २०२० मा सहयोग गर्न एनआरएनए आईसिसीले भवन भट्टको नेतृत्वमा विशेष समिति बनाएको घोषणा गरेको थियो । तर भट्टले लामो समय लगाएर सो समितिलाई पूर्णता दिदा संघको गत अक्टोवरमा सम्पन्न निर्वाचनमा कुमार पन्त हराउ अभियानमा लागेकाहरुलाइ समेटेर समानान्तर गतिविधि गर्ने दुष्प्रयास गरेपछि संघबाट उनी एक्लिएका हुन् ।

य उनले ‘नेपाल भ्रमण बर्ष २०२० को समितिलाई संघको समानान्तर समिति बनाउने प्रयास स्वरुप आर्थिक, खेलकुद, साहित्य, व्यापार लगायतका संयोजक तोकेका थिए । भट्टद्धारा प्रस्तावित ४२ सदस्यिय समितिलाई आइतवार संघको पदाधिकारी बैठकले अन्तिम रुप दिएर काम गर्न स्वीकृति दिए पनि उनले कोरोनाभाइरसका कारणले ‘नेपाल भ्रमण बर्ष २०२० असफल हुने अफहवा फैलाउन शुरु गरेपछी उनी हटाइएको सुत्रको दावी छ ।

९ औं महाधिवेशनमा आर्थिक तथा वार्षिक प्रतिवेदन समेत पारित नगरि पदबाट बर्हिगमन भएका भट्टले कार्यकालमा संस्थालाई १७ करोड रुपैयाँ घाटामा पुर्याएका थिए । संघभित्र भैरहेको आर्थिक तथा संस्थागत शुद्धिकरणका कारण भट्ट र उनका केही सहयोगीहरु भ्रष्टाचार र अनियमितताको ठुलो काण्ड फस्ने निश्चित देखिएको संघका पदाधिकारीले आंकालन गरेका छन् ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु