२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ किसानलाई नि:शुल्क बिसादी वितरण

किसानलाई नि:शुल्क बिसादी वितरण

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नि:शुल्क तिन दिने बाली उपचार तथा परामर्श शिबिर सुरु भएको छ्।पालिका भित्र रहेको किसानहरुको उपज बडाउने उद्देश्यले उक्त शिबिरको आयोजना गरेको कृषि प्रसार अधिकृत ईन्द्र नारायण चौधरीले जानकारी दिनु भयो।

गाउँ पालिका १ पिपरा बाट सुरु गरेको शिबिर दोस्रो दिन महेशपुर ३ र तेस्रो दिन सितापुर ६ मा हुने भएको छ। कृषि बिकास शाखा लक्ष्मीपुर पतारीको प्राविधिक सहायक चतुर नारायण चौधरीले उक्त शिबिर सो दिन हुने जानकारी दिनु भयो।किसानहरुको बाली पहिचान गरी उक्त बिसादी वितरण गर्न लागिएको छ।

बाली प्रयोगसाला सिरहाको अधिकृत मानन चौधरीले बालि पहिचान गरी उपचार तथा परामर्श सहित ५ किसिमको बिसादी दिने गरेको जानकारी दिनु भयो।किसानहरुले लगाएको बालिनालीमा लाग्ने रोग मध्य लाही,पम्येपिङ्ग,मधुवा लगायतका रोगहरु बढीनै लाग्ने गरेको छ।

बाली बिज्ञ चौधरीले रोग पहिचान गरी बिसादीहरुमा साईपर मेथिन ,सुपर किलर,जिमिरा मलटी पलेक्स,बायो किटानासक लगायत ५ किसिमको बिसादी नि:शुल्क रुपमा किसानहरुलाई दिने गरेको बताउनु भयो।

विगत केही महिना अगाडि किसानहरुलाई च्याउको बिउ नि:शुल्क रूपमा गाउँपालिकाले वितरण गरेका प्राविधिक सहायक चतुर नारायण चौधरीले बताउनु भयो। बाली उपचार , परामर्श र बिसादी लिन किसानहरुको भिड लागेको थियो। बिसादी पाउदा किसानहरु निकै खुशी देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु