२०७७ चैत २५ गते बुधवार | April 07, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ कुशवाहा विद्यार्थीको चौथो रास्ट्रिय अधिवेशन लहानमा सम्पन्न

कुशवाहा विद्यार्थीको चौथो रास्ट्रिय अधिवेशन लहानमा सम्पन्न

नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। सिरहाको लहान नगर पालिका ८ स्थित निर्माण भएको कुशवाहा धर्मसालामा कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिनु भयो।

कुशवाहा समुदायको हक, हित, चुनौतीहरु समना गर्न उक्त संस्थाको स्थापना गरिएको नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतोले बताए। उनका अनुसार कुशवाहा समुदायमा निकैनै चुनौतीको सामना गर्दै आइरहेको समुदाय हो।

कुशवाहा समाज आफ्नो पुर्खौली पेसामा मात्र सिमित रहने गरेको छ। उक्त पेसाबाट उकास्न र राज्यको हरेक निकायमा पहुँच पुग्ने उद्देश्यले संस्थाको स्थापना भएको उनले बताए।

चौथो अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ। केन्द्रिय अध्यक्षमा मुकेश कुमार महतो, उपाध्यक्षमा पंकज मेहता,लाल प्रसाद कुशवाहा,घनश्याम सिंह चयन भएका छन।

सदस्यहरुमा संन्तोष कुमार महतो ,पुजा कुमारी मेहता,ओम प्रकाश महतो चयन भएका छन भने सल्लाहकारमा गुनान्द महतो,दिपेन्द्र कुमार महतो लगायतका पदाअधिकारीहरु चयन भएको आयोजकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु