गृहपृष्ठ कैलालीकी एक महिलामाथी सामुहिक बलात्कार,आरोपित ३ जना नियन्त्रणमा
कैलालीकी एक महिलामाथी सामुहिक बलात्कार,आरोपित ३ जना नियन्त्रणमा

कैलालीको एक क्वारेन्टाइनमा बसेकी महिलालाई ३ जना पुरुषले बलात्कार गरेको खबर बाहिरिएको छ।
जिल्लाको लम्किचुहा नगरपालिकामा रहेको स्मृति माविमा रहेकी ३१ बर्षिय महिलालाई त्यहाँ कार्यरत ३ जना स्वयंसेवकले सामुहिक बलात्कार गरेको आरोप लागेको छ।
उनी सुतिरहेको समयमा जबर्जस्ति बलात्कार गरेको पिडित महिलाले बताएकी छिन् ।उक्त घटनाको निस्पक्ष छानबिन हुनु पर्ने माग राख्दै शनिबार दिनभर स्थानीयले प्रदशन गरेका थिए।
उक्त घटनामा आरोपीत ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।