गृहपृष्ठ कैलालीमा एक प्रहरी जवानको रहस्यमय मृत्युु
कैलालीमा एक प्रहरी जवानको रहस्यमय मृत्युु

कैलाली जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा एक प्रहरी जवान मृत भेटिएका छन्। महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा मृत अवस्थामा फेला परेका हुन्।
मंगलबार साझ खाना खाएर कोठामा सुतेका उनलाई राति ३ बजे ड्युटिका लागि उठाउदा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय खिमडीका प्रहरी साहायक निरिक्षक बहादुर सिंह ऐरीले बताएका छ्न्।
मृतक बोहोरा १ बर्ष अघिबाट इलाका प्रहरी कार्यालय खिमडीमा कार्यरत रहेको जनाइएको छ । उनको मृत्युको कारण र घटनाबारे थप अनुसन्धान भैरहेको निरिक्षक ऐरीले जानकारी दिएका छ्न्।डोटीको सायल गाउँपालिका ६ का २९ बर्षका लोकेन्द्र बोहोरा मृत अवस्थामा फेला परेका हुन्।