गृहपृष्ठ कोटेश्वर युवा क्लब मिमियाथुमले आयोजना गर्ने तीज विशेष कार्यक्रम ,यस्तो छ यसको सामाजिक सन्देश ! के भन्छन् त यस अभियानमा जोडिएका व्यक्तिहरू ?
कोटेश्वर युवा क्लब मिमियाथुमले आयोजना गर्ने तीज विशेष कार्यक्रम ,यस्तो छ यसको सामाजिक सन्देश ! के भन्छन् त यस अभियानमा जोडिएका व्यक्तिहरू ?

भर्खरका युवाहरु ,अझ भनौ नवजवानहरु।सकभर गाउँ ,बेसी र देउरालीका पाखामा झुम्नु भन्दा प्रदेश जानुनै उत्तम हुन्छ।गाउँमा बसेर समयको बर्बाद भन्दा विदेश गएर मनग्य आम्दानी गर्छु भन्ने युवाहरूको जमात अत्याधिक छ।
तर तिनै युवाहरू मध्ये पनि गुल्मी मुसिकोट नगरपालिका -५ ,आँपचौर मिमियाथुम निवासी केही युवाहरूमा यस्तो हुटहुटी जाग्यो,गाउँमै बसेर समाज विकास र रुपान्तरणमा युवाहरूको अभियान भन्ने चिन्तन जागृत भयो।
आज तिनै युवाहरू सम्मीलित कोटेश्वर युवा क्लब मिमियाथुमले भाद्र २९ गते तीज विशेष कार्यक्रम गर्दै छ। कार्यक्रमको स्वरुप भने प्रत्यक्ष स्टेज तीज गीत प्रतियोगिता रहेको छ।
आफ्नो गाउँको कला,संस्कृति,भेषभुसा,परम्परालाई संरक्षण गर्ने गहन उद्देश राखेर आयोजना गर्न लागिएको कार्यक्रमलाई देश-विदेशबाट आर्थिक सहयोग गर्ने क्रम जारी छ।
उक्त कार्यक्रम मिमियाथुममा रहेको मिमियाथुम प्रावि स्कुलको मैदानमा हुने आयोजकले जनाएका छन्।
खासगरी कार्यक्रम गर्नुको योजना र उद्देश्यका सन्दर्भमा क्लबका अध्यक्ष कृष्ण प्रसाद खरेल सँग हामीले केही जिज्ञासा राखेका थियौं।यस्तो छ अध्यक्ष खरेलको भनाई:
अध्यक्ष ज्यु ,तीज विशेष कार्यक्रम मिमियाथुमनै गर्नुपर्छ भन्ने योजना कसरी बन्यो?
खासगरी हामीले धर्म, संस्कृती र मौलिकतालाई पुर्णजागरण गरि समाजलाई एकीकृत गर्ने मान्यता स्थापित गर्यौ।हरितालिका तीजको पनि आफ्नै पौराणिक महत्त्व छ।
पौराणिक कलालाई उजागर गर्न हामी क्लबका साथी एकजुट भएर लाग्नु पर्छ भन्ने मान्यता बनायौं। तदअनुरुप गाउँमा रहेका बौद्धिक व्यक्तित्व ,अग्रज बुबाआमा एवं शुभचिन्तकको सल्लाह बमोजिम समाज रुपान्तरणमा युवा अभियान भन्ने नारा सहित मिमियाफाँटमै कार्यक्रम गर्ने योजना बनायौं।
यो कार्यक्रम गर्नुको उद्देश्य के हो?
मौलिक संस्कृति झल्काउने ,शैक्षिक उत्प्रेणा जगाउने र समसामयिक विषयको प्रवाह गर्नु हाम्रो क्लबको उद्देश्य रहेको छ।
देश-विदेशबाट क्लबको कार्यक्रमलाई सकारात्मक साथ दिएको देखिन्छ,यसलाई क्लबले कसरी लिएको छ?
देश-विदेशमा रहेका साथीहरू आफ्नो जन्मभुमिमा मौलिक कार्यक्रम आयोजना हुँदै गर्दा अत्यन्तै उत्साही भएका छन्।यस कार्यक्रमलाई सफल बनाउन धेरैजसो साथीहरूले सहयोग गर्नु भएको छ।
अहिलेसम्म कार्यक्रमको लागि भनेर कति रकम संकलन भएको छ?
सहयोगी मनहरुको उदारताकारण अहिलेसम्म एक लाख ५० हजार रकम उठेको छ।ती सबै सहयोगी मनहरुप्रती क्लबको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु।
आगामी दिनमा के गर्ने योजना छ?
आगामी दिनहरुमा पनि प्रत्यक्षरुपमा गाउँको विकास र समाज रुपान्तरणमा लाग्ने अभियानमा छौं।
यो कार्यक्रमलाई भब्य र सभ्यरुपमा सफल बनाउन विशेष भूमिका खेल्ने अर्को नाम हो :तुलाराम तिवारी (राजा)।उनी हाल जापानमा रहे पनि गाउँ विकास र समाज रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
जय जय कोटेश्वर समुहका संयोजक समेत रहेका तिवारीले गाउँको धर्म,परम्परा ,संस्कृती र मौलिकतालाई जिवन्त राख्न विशेष अभियाननै चलाएका छ्न्।
उनै तीवारी सँग कार्यक्रमको सन्दर्भमा नमूना नेपालले केही जिज्ञासा राखेको थियो। तिवारीसँगको सम्बाद यस्तो रहेको छ।
सामाजिक अभियान्ता तुलाराम तिवारी (राजा)
कोटेश्वर युवा क्लब मिमियाथुमको तीज विशेष कार्यक्रम आयोजनालाई कसरी लिनुभएको छ?
गाउँहरू रित्तिदै गएको वर्तमान अबस्थामा हाम्रो धर्म ,सँस्कृति , चाडपर्ब र रितिरिवाजको संरक्षण , सहयोग र प्रचार प्रसारमा आँपचौरको मिमियाफाँटका युवाहरूले अग्रजहरूको साथ लिएर अत्यन्तै राम्रा कामहरू गर्दै आउनु भएको छ।
यसले घरपरिवार,साथीभाइ ,समाज र देश बीचको आपसको सम्बन्धलाई एकताको सुत्र बाँध्न मद्दत गर्दछ। अझ यस पटक कोटेश्वर युवा क्लब मिमियाथुमको तीज विशेष कार्यक्रम आयोजनाले सबै आँपचौरवासिमा एक प्रकारको खुशी,उत्साह,उमंग छाएको छ।
यो कार्यक्रम सफल बनाउन तपाईंको विशेष भूमिका देखिएको छ,प्रदेशमा रहेर पनि अन्तरआत्मादेखि सहयोग गर्नु प्रशंसनिय कार्य हो।यो कार्यक्रमले के सन्देश दिन्छ जस्तो लाग्छ तपाईंलाई?
“जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी । हेर्नुस ,आफ्नो बाध्यताले थिचिएर प्रदेश भासिएका हामीहरूले आफ्नो जन्मभूमीलाइ सानो भएपनि सहयोग गर्न पाउनु पुन्य प्राप्त गर्नु हो।
सानो सानो कामले पनि हामीले हाम्रो गाउँ समाजमा केही राम्रो गर्न सकिन्छ भन्ने हौसला र प्रेरणाको सन्देश जान सक्दछ।
गाउँ भन्दा बाहिर बस्ने या प्रदेशमा बस्ने सबैले गाउँको लागी केही न केही राम्रो काम गरिरहनु पर्दछ। हामी स्वदेश वा विदेश जहाँ रहेपनि आफू जन्मेको भूमिलाइ माया गरिरहनु पर्दछ।
यो कार्यक्रममा जोडिएका अर्का युवा हुन् किरण खरेल। खरेल गुल्मी आँपचौरका उर्जाशिल युवा मध्येमा गणनामा आउछन्।
विकासका हरेक कार्यक्रममा युवाहरूको सहभागिता हुनुपर्छ भन्ने मान्यता राख्ने खरेल यस कार्यक्रमलाई सफल बनाउन हरतरहले लागेका छन्।उनै खरेल सँग नमूना नेपालले केही प्रश्नहरु राखेको थियो।हेरौं खरेलको जवाफ यस्तो छ।
उर्जाशिल युवा किरण खरेल
मिमीयाथुममा आयोजना हुन गइरहेको तीज कार्यक्रमलाई समग्र आँपचौरबासीले कसरी लिएका छन् ?
अत्यन्तै राम्रो र गहन प्रश्न गर्नु भयो।तीज खासगरी महिला दिदिबहिनीहरुको महान पर्वनै हो।नाचगान ,कला र संस्कृतिमा आँपचौरबासीको विगतदेखिनै पृथक पहिचान छ।
कोटेश्वर युवा क्लब मिमियाथुमले कार्यक्रम आयोजना गर्न लागेको खबर प्रवाह हुँदा सम्पूर्ण आमाबुबा ,दिदिबहिनी ,दाजुभाइ एवं शुभचिन्तकमा उत्साह पैदा भएको छ।
यस कार्यक्रमको दिन आफ्ना सम्पूर्ण कामलाई थाती राखेर कार्यक्रममा सहभागी हुने आँपचौरबासीको एकमत भनाइ रहेको छ।कार्यक्रमलाई भब्य बनाउन यहाँ नेपालबाट मात्र नभएर प्रदेशमा रहेका आपचौरबासीले पनि खुलेर सहयोग गर्नु भएको छ।
युवाहरू सम्मिलित यस्ता किसिमका कार्यक्रमले समाज विकासमा कस्तो संदेश दिन्छ?
युवाको सक्रिय सहभागितामा राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक र प्राविधिक रूपान्तरण गर्न सकेमा निःसन्देह सम्वृद्ध र समतामूलक समाजको निर्माण हुने निश्चित छ।
यसबारेमा समाजका सबै वर्ग, समूहले ध्यान दिनु पर्दछ। समाजमा हुने विभिन्न जातिय भेदभाव , अन्याय ,अत्याचार जस्ता कार्यहरुलाई यस्ता कार्यक्रम मार्फत अन्त हुने सन्देश दिनु पर्दछ।
सकारात्मक सन्देश प्रवाह गर्दै सम्पुर्णलाई सकारात्मक सोचको विकाश गर्नुनै अहिलेको युवाहरूको जिम्मेवारी हो।हामी उक्त अभियानमा सरिक भएका छौं।तसर्थ एकता ,सद्भावका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने देखिन्छ।
यस्तो छ छ तीज प्रतियोगिताको स्वरुप
नेपाली महिलाहरुको महान चाड हरितालिका तिज २०८० को अवसरमा हाम्रो “ कोटेश्वर युवा क्लब , मिमियाफाँटले यही मिति २०८० साल भदौ २९ गते शुक्रवार स्टेज तिज गित प्रतियोगिता गर्ने भएको हुँदा मौलिक तिज गित ,नृत्य तथा बिशेष सास्कृतिक कार्यक्रममा तपाईं र तपाइको समुहको उपस्तिथिको लागि क्ल्व ,आमासमुह,बिद्यालय परिवार सम्पुर्णलाई विनम्र अनुरोध छ।
[पुरस्कारहरू 🥇🥈 🥉]
१- पहिलो पुरस्कार 🥇 १२,००० र प्रमाणपत्र
२-दोस्रो पुरस्कार 🥈-८,००० र प्रमाणपत्र
३-तेस्रो पुरस्कार 🥉 -५,००० र प्रमाणपत्र
४-सान्त्वना पुरस्कार 🥉-१,५०० र प्रमाणपत्र
🙏 🙏 💐 ॥ प्रतियोगिताका नियमहरु 🙏 🙏 💐 ॥
१-एक टिममा १० जना हुनुपर्नेछ।
२-एक टिमलाइ १० मिनेटको समय दिइनेछ।
३- मौलिक सस्कृती झल्काउने ,शैक्षिक उत्प्रेरणा जनाउने र समसामयिक बिसयलाई बिशेश प्राथमिक दिइनेछ ।
४-संगित साधनको ब्यवस्थापन आफै गर्नुपर्नेछ।
५-दर्शक आकर्षक र मौलिक भेषभुषामा अंक राखिएको छ।
६-प्रतियोगितामा कुनै बिवाद आयेमा आयोजकको अन्तिम निर्णय हुनेछ।
७-नाम दर्ता बिहान १० बजेसम्म गरिसक्नु पर्नेछ।
८- प्रवेश शुल्क रु १,००० लाग्नेछ।
🙏🌺❤️ स्थान 🙏🌺❤️
मुसिकोट नगर पालिका -५ आँपचौर मिमियाफाँट
श्री मिमियाथुम स्कुल प्राङ्गणमा ।
🙏🌺❤️ समय 🙏🌺❤️
ठिक १० बजे बाट कार्यक्रम सुरू हुने छ।