Covid-19
City Express

कोभिड १९ सहयोगको लागि एनआरएनए कोरियालाई अध्यक्ष पन्तद्वारा धन्यवाद

लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले दक्षिण कोरिया राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कोरियालाई कोभिड १९ महामारीमा नेपाललाई  सहयोगका लागि धन्यवाद दिएका छन ।

अध्यक्ष पन्तले १४ अप्रिलमा एक पत्र मार्फत एनआरएनए एनसीसी कोरियाले कोरोना भाइरसको महामारी बिरुद्धको अभियानमा गैरआवासीय नेपाली संघ सहकार्यमा ठूलो योगदान गरेकोमा धन्यवाद ज्ञापन गरेका हुन । एनआरएनए एनसीसी कोरियाले कोरियामा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट खरिद गरेर पठाएको करिब ६० लाख नेपाली रुपैयाँ बराबरको सुरक्षा सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण समेत गरिएको छ।

एनआरएनए एनसीसी कोरियाले नेपालमा आपत विपद परेको बेलामा विगतमा पनि धेरै सहयोग गरेको इतिहास छ। यस संक्रमणको बेलामा कोभिड १९ बिरुद्धको लड्ने अभियानमा सहयोग उक्त उपकरणहरुको सहयोगको लागि व्यक्तिगत र संस्थाको तर्फबाट कृतज्ञता व्यक्त गर्दछु , उनले प्रसंसा गर्दै पन्तले भने । उनले नेपालीहरुको लागि ठूलो सहयोग हुने अपेक्षा गरेको एनआरएनए सुचना तथा संचार उपसंयोजक कृष्ण केसी जनाए ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु