२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ कोरनासंग जुध्न एनआरएनए उच्च स्तरीय युरोपियन स्वास्थ्य समितिमा पोर्तुगलबाट महासचिव हेमराज सुवेदी मनोनीत

कोरनासंग जुध्न एनआरएनए उच्च स्तरीय युरोपियन स्वास्थ्य समितिमा पोर्तुगलबाट महासचिव हेमराज सुवेदी मनोनीत

लिस्बन, पोर्तुगल । सिंगो मानव जातिलाई आक्रान्त पारेर चुनौती दिइरहेको कोरोना भाइरस बिरुद्द लड्न एनआरएनए केन्द्रीय कार्यालयले आह्वान गरे अनुसार सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई सहयोग गर्ने उदेश्यले यूरोप भरी न्युनतम ५० हजार युरोको आपतकालीन कोष स्थापना गर्ने संकल्पका साथ युरोप क्षेत्रीय समितिको ३१ मार्च २०२० मा बसेको बैठकले निर्णय गरेको छ ।

सो यूरोपियन क्षेत्रको बैठकले एनआरएनए यूरोपियन संयोजक नारायण आचार्यको संयोजकत्वमा एनआरएनए यूरोप कोभीड-19(COVID -19) सहयोग समिति साथै नेपालमा गठित स्वास्थ्य कार्यदलसँगको निकट सहकार्यमा यूरोप क्षेत्रमा रहेका स्वास्थ्य विज्ञहरु रहने गरी एनआरएनए पोल्यान्डका संस्थापक अध्यक्ष डा.बोधराज सुवेदीको संयोजकत्वमा बनेको उपसमितिले युरोप क्षेत्रीय समितिद्वारा युरोप स्तरीय कोरोना रोकथाम स्वास्थ्य कार्यदलको निर्णय अनुसार समग्र युरोपको “उच्चस्तरीय यूरोपियन समिति” को सदस्यमा एनआरएनए पोर्तुगलका महासचिव हेमराज सुवेदी मनोनित भएका छन् ।

मनोनयन पश्चात् सुवेदीले प्रतिक्रिया दिदै भने, ” आफ्नो क्षमता, बुद्धि र विवेकले भ्याएसम्म उक्त अभियानलाई जिम्मेवारीपूर्ण ढंगले साथ,सहयोग र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्दता व्यक्त गर्दछु।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु