गृहपृष्ठ कोरना भाइरसबाट बच्न एनआरएनएले नेपाल सरकारलाई स्वस्थ्य सामाग्री प्रदान गर्ने
कोरना भाइरसबाट बच्न एनआरएनएले नेपाल सरकारलाई स्वस्थ्य सामाग्री प्रदान गर्ने

लिस्बन, पोर्तुगल ।कोरना भाइरसबाट सुरक्षित रहन एनआरएनएले नेपाल सरकारलाई स्वस्थ्य सामाग्री प्रदान गर्ने गर्ने भएको छ । मार्च २५ तारिख सम्पन्न सचिवालय बैठकले यस सम्बन्धमा निर्णय गरेको हो ।
हेर्नुहोस् निर्णय सम्बन्धी प्रेस नोट जस्ताको तस्तै:
प्रेस नोट:
२५ मार्च २०२०
नेपालमा कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुने सम्बन्धमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक सम्पन्नः
आज सम्पन्न भएको बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमण बाट नेपाली नागरिकलाई सुरक्षित गराउनको लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।
बैठकमा संघका अध्यक्ष कुमार पन्तले कोरनोनाको संक्रमणबाट सुरक्षित हुनको लागि नेपाली नागरिकलाई रू १ करोड बराबरको स्वास्थ्य सम्बन्धि सुरक्षा उपकरणहरु नेपाल सरकारलाई हस्तान्तरण गर्ने बारे जानकारी गराउनु भयो । अध्यक्ष पन्तले संक्रमणको समयमा स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको जानकारी दिनु भएको छ । पन्तले स्वास्थ्य सामग्री नेपाल भित्राउन पहल गरिदिने सन्दर्भमा नेपाल सरकारलाई गैरआवासीय नेपाली संघको समुदायका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।
बैठकमा महासचिव डा. हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको र बुधवार बिहान बसेको संघको अन्तर्राष्ङ्कट्रिय कार्यकारी सचिवालयको बैठकले राष्ट्रिय समन्वय परिषद् चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको छ ।
संघका उपाध्यक्ष तथा राहत सामग्री उपसमितिका संयोजक डा. बद्री केसीका अनुसार चीनबाट उक्त सामग्री संकलन गर्न नेपाल सरकार समक्ष आग्रह गरेको र ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने बारे कुराकानी भएको र उक्त सामग्रीहरु संकलन गरेर नेपाल पठाउने जानकारी बैठकमा गराउनु भयो ।
बैठका कोरोना भाइरस बाट बच्न सुरक्षाका उपाय बारे छलफल भएको थियो ।
डिबी क्षेत्री
प्रवक्ता
अन्तर्राष्ट्रिय समन्वय परिषद्
गैरआवासीय नेपाली संघ ।