Covid-19
City Express

कोरना भाइरसबाट बच्न एनआरएनए पोर्चुगल आह्वान गर्दै सहयोगका लागि समिति गठन गर्यो !

लिस्बन, पोर्चुगल । कोरोनाको संक्रमणबाट जोगिन गैह्र आवासिय नेपाली संघ पोर्चुगलले नेपाली समुदायलाई आग्रह गरेको छ । चीनपछि यूरोपका विभिन्न देश हुँदै पोर्चुगलमा कोरोनाको संक्रमण बढेसँगै संघले यस्तो आग्रह गरेको हो ।

संघले एक सूचना जारी गर्दै पोर्चुगलमा बस्दै आएका नेपाली समुदायलाई सावधानी अपनाउन अनुरोध गरेको छ । सूचनामार्फत सबै नेपालीलाई कुनैपनि सभा, सम्मेलन, कार्यक्रम, रेस्टुरेन्ट, बार, डिस्को, सपिङ महल लगायत अत्याधिक जमघट हुने क्षेत्रमा नजान आग्रह गरेको छ । संघले सकभर मेट्रो, ट्रेन, बस लगायतका सार्वजनिक यातायातका साधनहरु प्रयोग नगर्न सूचनामार्फत सबै नेपाली समुदायमा अनुरोध गरेको छ । उसले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ख्याल गर्न पनि आग्रह गरेको छ ।

यसैबीच, संघले कोषाध्यक्ष बिक्रमजंग कुंवरको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ । संघले कोरोनाको संक्रमणबारे नेपाली समुदायलाई जानकारी गराउने र आवश्यक सहयोग उपलब्ध गराउने गरी ‘हेल्प डेस्क’ को स्थापना गरेको छ । गठित समितिको उपसंयोजकमा दिनेश भण्डारी र सदस्यहरुमा राजन ढुंगाना, सुमन शर्मा चौलागाई, सम्झना अधिकारी, अनिल शर्मा, शिव वाग्ले रहेका छन् । संघका अध्यक्ष तिलक गैह्रेले कोरोनाबाट जोगिनका लागि सबैमा अनुरोध गरेका छन् । उनले आवश्यक सल्लाह र सहयोगका लागि संघको कार्यालयमा स्थापना गरिएको ‘हेल्प डेस्क’ र निशुल्क हटलाइन नम्बर ८०८२४२४२४ मा सम्पर्क गर्न सबै नेपाली समुदायसमक्ष अपिल गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म पोर्चुगलमा ४ सय ४८ जना संक्रमित भएका छन् भने एक बृद्धको मृत्यु भइसकेको छ । पोर्चुगलमा हालसम्म एक नेपालीमा कोरोनाको संक्रमण देखिएको छ भने ७० जना भन्दा बढी क्वारेन्टाइनमा छन् ।

हेर्नूहोस् संघको बिज्ञप्ति:

कोरना भाइरस (COVID-19) को युरोपमा व्यापक संक्रमण बढे संगै पोर्चुगल सरकारले स्वस्थ्य स्थितिलाई मध्यनजर राखेर नियन्त्रणकालागि देशव्यापी रूपमा आपतकालीन स्थितिको घोषणा गरेको छ । स्कुल कलेजहरु आजैदेखि बन्द भएका छन् । सीमा जोडिएको एकमात्र छिमेकी स्पेनसंग आजै रातिबाट अप्रिल १५ तारिखसम्मलाई सीमा बन्द गरिएको छ । संक्रमण नियन्त्रणकालागि इमर्जेन्सी ब्यबस्थाहरु गरिएका छन् । भ्रमण र सार्वजनिक कार्यक्रम नियन्त्रणहरु गरिएका छन् । यी प्रयासहरु हुँदा हुँदै संक्रमणबाट आज पोर्चुगलमा एकजना वृद्धको ज्यान गएको छ भने ३३० जना भन्दा बढी संक्रमित भएका छन् ।

यसैबीच हिजो मात्र पोर्चुगलको अल्गार्भ फारो एरियामा एक नेपालीलाई संक्रमण भेटिएको र ७० भन्दा बढी नेपालीहरु लगायतलाई क्वारेन्टाइनमा राखिएको भन्ने समाचार र जानकारीहरु आएसंगै पोर्चुगलको नेपाली समुदायमा पनि व्यापक चिन्ता र चासो छाएको छ ।

पोर्चुगलमा हाल संक्रमणको मात्रा र जोखिमहरु बढ्दै गएकोले पोर्चुगलमा बस्ने सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ सार्वजनिक स्थानमा हुने विभिन्न सभा, सम्मेलन, कार्यक्रम, रेस्टुरेन्ट, बार, डिस्को, सपिङ महल लगायत भिडभाड हुने ठाउँहरु, बजार, पार्क जमघट स्थानहरुमा अत्यावश्यक काम बाहेक नजानु हुन अनुरोध गर्दछौं । यसैगरी सार्वजनिक यातायातहरु मेट्रो, ट्रेन, बस लगायतका साधनहरु सकेसम्म कम प्रयोग गर्नु हुन र स्वयं आफ्नो, परिवारको अनि आफन्तको स्वस्थ्य स्थितिमा सजग रहन र समुदायलाई पनि सचेत गराउन हार्दिक अनुरोध गर्दछौं ।

पोर्चुगलमा रहेका कुनैपनि नेपालीलाई यो भाइरसको संक्रमण वा आशंका वा कुनै संकेत वा समस्या देखिएमा आवश्यक सहयोग जस्तो: एम्बुलेन्स, हस्पिटल वा सम्बन्धित निकायमा खबर गर्ने, प्रारम्भिक जानकारीहरु दिने जस्ता कामहरुमा मद्दत पुर्याउन एनआरएनए पोर्चुगलले निम्न बमोजिम रहेको सहयोग समन्वय (हेल्प डेक्स) समिति गठन गरेको जानकारी गराउँदछौं।

संयोजक : विक्रमजंग कुँवर (+351 920 571 286)
उपसंयोजक : दिनेश भण्डारी (920 518 531)

सदस्यहरु :
राजन ढुंगाना (+351 920 491 092)
सुमन शर्मा चौलागाईं (+351 920 461 467)
सम्झना अधिकारी (+351 920 127 431)
अनिल शर्मा (+351 920 127 431)
शिव वाग्ले (+351-920 457 247)

(यो भाइरस सम्बन्धी कुनै शंका लागेमा वा समस्या देखिएमा जानकारीकालागि २४ घण्टे नि:शुल्क हटलाईन नम्बर : 808242424 सम्पर्क गर्नुहोला)

कोरना भाइरसबाट बच्ने केही उपायहरु :

१) साबुनपानीले बारम्बार राम्रोसंग हात धुने, व्यक्तिगत सरसफाइमा अत्याधिक मात्रामा ध्यान दिने ।
२) सकभर कसैसंग हात नमिलाउने, अंगालो मार्ने, हक गर्ने जस्ता कामहरु नगर्ने ।
३) बाहिर हिड्दा माक्स, पन्जा नियमितरूपमा लगाउने ।
४) भिडभाडमा नजाने, अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कने ।
५) सार्वजनिक यातायातको प्रयोग सकेसम्म नगर्ने ।
६) शंका लागे वा समस्या देखिए तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्ने ।

“आफुपनि बचौं, अरुलाई पनि बचाऔं।”

गैरआवसीय नेपाली संघ पोर्चुगल ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु