२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ कोरोनाका कारण क्यानाडामा अड्किएका नेपाली जून २६ मा स्वदेश फर्किदै

कोरोनाका कारण क्यानाडामा अड्किएका नेपाली जून २६ मा स्वदेश फर्किदै

आदरणिय सम्पूर्ण नेपाली बुबा आमा तथा साथीहरु
नमस्कार !

यस्तो कठिन परिस्थितिमा यहाहरुको क्यानडा बसाई सुरक्षित रहेको छ भन्ने हामीले विश्वास लिएका छौ ।

कोभिड १९ का कारण विश्वमा रहेका नेपालीहरु स्वेदश फर्कन अत्यन्त असहज परिस्थितिका बाजुदत पनि अन्तराष्ट्रि परिषद्को र राष्ट्रिय परिषद् एनआरएनएको विषेश अनुरोध र पहलका कारण अन्ततस् नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने बातावारण सृजना गरेको छ । कोभिड १९ को प्रभाव देश र समुहको आधारमा क्यानडा प्राथमिकतामा नरहेपनि एनआरएनए क्यानडा र नेपाली दुतावासको विषेश आग्रहमा यसै हप्ता जहाज उडाने सम्भावना देखिएकोले यहाहरुको जानकारीका लागि यो सुचना प्रेषित गरिदैछ । यसका लागि नेपाल सरकारलाई विषेश धन्यवाद दिन चाहन्छौ ।

अन्तत: कोभिड -१९ कारणका लामो समयदेखि क्यानडामा अड्किएर रहेका नेपालीहरु आउदो शुक्रबार अर्थात जुन २६ तारिक आफ्नो घर फर्कने पाउने भएका छन् । एनआरएनए आइसिसि, एनआरएनए एनसीसी क्यानडा र नेपाली दुतावास क्यानडाको विषेश पहलमा अड्किएर रहेका करिव एकसय भन्दा बढी नेपाली स्वदेश फर्कन पाउने भएका हुन् । कोरोनाबाट प्रभावितका अन्य देश र समुहका आधारमा क्यानडामा रहेका नपालीहरुको हकमा केहि महिना पछाडि धकेलिने अवस्था देखिएता पनि एनआरएन क्यानडा, कतार एयरवेज र दुतावासको अतिरिक्त पहल र विषेश समन्वयका कारण यहि साता चार्टर उडान भर्न सकिएको हो । नेपाल फर्कने चाहनेहरुले निम्न कुराहरुको तयारी गर्नु पर्ने छ । यस सम्बन्धि सुचना नेपाली दुतावास ओटवाले पनि सार्वजनिक गरेको छ ।

१, हवाइ यात्राका लागि नेपाली राहदानी Passport अर्थात ट्राभल डकुमेन्ट अनिवार्य साथमा हुनु पर्ने,
२, यात्रुल PCR/ RDT Test Negative or COVID-19 को संक्रमण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको सातदिन भित्रको प्रमाणपत्र साथै राख्नु पर्ने,
३, यात्रुले नेपाल पुगिसेकेपछि नेपाल सरकारले तोकेअनुसारको क्वारेन्टाइनमा बस्नुपर्ने छ ।
४, उडान सम्बन्धि विस्तृत जानकारी हवाइ टिकटको दररेट तथा बुकिंग गर्न सम्पकै गर्नुपर्ने एजेन्सि र व्यक्तिको नाम चाडौ नै उपलब्ध गराइने छ ।
५, यात्रु उपलब्धता अथा अन्य प्रतिकुल कारणबाट तालिका परिवर्तन हुन सक्नेछ ।
्६, विमानस्थलमा तथा अन्य उडानका अवधिमा अनिवार्य माक्स लगाउनुपर्ने छ ।

्र७, क्यानडाको मनट्रीयलबाट मात्र उडान भर्ने भएकोले उडान समयभन्दा कम्तिमा ४ घण्टा अगाडि विमानस्थल आइसक्नुपर्ने छ । क्यानडाका अन्य प्रान्तबाट आउनेले भने विषेश ध्यान दिनु पर्ने छ ।
८, क्यानडाका कसरी कोभिड -१९ नेगेटिभ रहेको प्रमाणित कागजात पाउने विषयमा चाडै अर्को सूचना सार्वजनिक गरिने ।

With best regards

Pitambar Bhattarai

General Secretary

Non-Resident Nepali Association (NRNA)

National Coordinating Council (NCC), Canada

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु