गृहपृष्ठ कोरोनाका कारण पोर्चुगलमा एक नेपाली युवाको निधन
कोरोनाका कारण पोर्चुगलमा एक नेपाली युवाको निधन

पोर्चुगलमा एक नेपाली युवाको निधन भएको छ।निमोनियाका विरामी रहेका तनँहुका २७ बर्षिय एक युवालाई कोरोना संक्रमण समेत भएपछि लिस्बनमा निधन भएको हो। कोरोनाका कारण पोर्तुगलमा ज्यान गुमाउने उनी दोश्रो नेपाली हुन्।
पोर्तुगलमा २९ बर्षमुनिको उमेर समुहमा कोरोनाक कारण ज्यान गुमाGउने उनी नवौ व्यक्ति हुन्। १९-२९ बर्ष समुहमा कोरोनाका कारण ज्यान गुमाउने उनी छैठौ व्यक्ति रहेको स्वास्थ्य महानिर्देशनालय जनाएको छ।
उनको शव अहिले साउ जोसे अस्पताल, मार्तिमुनिज, लिस्बनमा राखिएको छ। उनी यसै बर्ष पोर्तुगल आएका थिए। उनको अन्तिम संस्कार पोर्तुगल मै हुने श्रोतले जनाएको छ ।
पोर्तुगलमा आज २९ डिसेम्बरमा मात्रै कोरोना संक्रमणका कारण ७४ जनाको ज्यान गएको छ भने ३ हजार ३३६ जना नयाँ संक्रमित फेला परेका छन्।
पोर्तुगलमा कोरोना संक्रमणका कारण हालसम्म ६ हजार ७५१ जनाले ज्यान गुमाईसकेका छन्। त्यस्तै कोरोना संक्रमितको संख्या ४ लाख २ पुगेको छ। कोरोना संक्रमणबाट उपचार पश्चात निको हुनेको संख्या ३ लाख २७ हजार ७९४ रहेको स्वास्थ्य महानिर्देशनालयको पछिल्लो तथ्यांक छ।