गृहपृष्ठ कोरोनाका कारण फ्रान्समा पुनः लकडाउन
कोरोनाका कारण फ्रान्समा पुनः लकडाउन

कोरोना संक्रमितको संख्या तीव्ररुपमा थपिँदै गएपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन गरिएको छ भने विद्यालय पनि बन्द गर्ने घोषणा गरिएको छ।
राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउन र विद्यालय बन्दको घोषणा गरेका हुन्। राष्ट्रपति म्याक्रोनले एक टेलिभिजनमा सम्बोधन गर्दै लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताए।
लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्ने खबर बीबीसीले लेखेको छ। सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ।