२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ कोरोनाको कहर र नेपालीको अबस्थाबारे नर्वेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोनाको कहर र नेपालीको अबस्थाबारे नर्वेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

यहीँ १९ अप्रिल २०१२० मा भएको नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा कोरोना कहर र नर्वेमा नेपालीको अबस्थाबारे अन्तरक्रिया तथा छलफल कार्यक्रममा सम्पन्न भएको छ।

नर्वेमा स्थापित सबै नेपाली संघ- संस्थाका ९ जना प्रतिनिधि,नेपाल नर्डिक सोसाईटीका डा. सन्जय आर्याल, नेपाल पत्रकार महासंघका युरोप शाखाका अध्यक्ष केजिन राई , सचिव द्रोण रिजाल, सदस्य रविचन्द्र भट्टराई , सदस्य सरला कट्टेल र प्रेम परियार सहभागी थिए।उक्त कार्यक्रममा नर्वेबाट सहभागी प्रेम परियारले स्वागत मन्तव्य राख्दै कार्यक्रम संचालन गरेका थिए ।

उक्त कार्यक्रममा एनआरएन नर्वेका नयन मल्ल , एनआरएन नर्वेकै महिला संयोजक सीता सुवेदी ,हेल्पिङ ह्यान्डस् फर नेपालका तसौवर खान ,नेपाली जनसम्पर्क समिति नर्वेका जितेन्द्र बिक्रम शाही ,रेगुलर एथ्लेटिक्स ग्रुपका विक्रम बस्नेत , नेप्लीज स्टुडेन्ट कम्युनिटीका प्रविन पराजुली,प्रवासी नेपाली एकता मन्चका बिश्वास बजगाई ,नेपाल पार्चुगिस समाज नर्वेका रत्न सापकोटा ,नेपाली समाज ओसका असिम लम्साल, नेपाल नर्डिक मेडिकल सोसाईटिका डा. संजय अर्याल,पत्रकार महासंघ युरोप शाखाका सदस्य रविचन्द्र भट्टराई अस्ट्रिया, पत्रकार महासंघ युरोप शाखाका सदस्य राज कुमार थापा पोर्तुगल,पत्रकार महासंघ युरोप शाखाका सचिब द्रोण रिजाल – नेदरल्याण्ड ,पत्रकार महासंघ युरोप शाखाकी सदस्य सरला कट्टेल र प्रेम परियारले नर्वेमा कोरोनाबाट प्रभावित नेपाली समुदायमा त्यहाँ स्थापित सघं- सस्थाले आपत विपतको बेला के कस्तो भूमिका निर्वाह गरेका छन् भन्ने सन्दर्भमा जिज्ञासा् राखेका थिए।

कार्यक्रममा सबैभन्दा बढी बिधार्थीको हक हितमा केन्द्रित रही उठाएको प्रश्नको जवाफमा सबै सस्थाले स्थापना गरेको आपतकालीन राहत कोषबाट आबश्यक राहत उपलब्ध गराउन सकिने प्रतिबद्धता बेक्त गरे भने समस्यामा परेका नेपालीहरुलाई जतिबेला पनि सहयोग गर्न तमतयार रहेकोे प्रतिक्रिया दिएका थिए। साथै कार्यक्रममा सहभागीहरुले राहत समितिमा सम्पर्क गर्न आग्रह गरेका छन्।

कार्यक्रमको अन्त्यमा रोजगारी दिने शिलशिलामा नेपाली समुदायमा केही बिकृती र अनियमिता हुने गरेको जनगुनासो प्रति चासो राख्दै छलफल भएको थियो। सो गुनासो प्रति एनआरएनए लगायत सबै संस्थाले चासोको बिषय भएको हुँदा अब उपरान्त उक्त कार्य हुन नदिन सबैको ध्यान केन्द्रित भएको बताएका थिए। ३ घण्टा सम्म चलेको उक्त कार्यक्रमलाई महासंघ अध्यक्ष राईले समापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु