२०७८ वैशाख ३ गते शुक्रवार | April 16, 2021

Bharat Poudel

गृहपृष्ठ कोरोनाको महामारी ,स्पेनका फुटबल प्रशिक्षकको समेत ज्यान गयो

कोरोनाको महामारी ,स्पेनका फुटबल प्रशिक्षकको समेत ज्यान गयो

कोरोना भाइरसका कारण अहिले विश्व आक्रान्त बनेको छ।शक्तिशाली देशमा पनि कोरोना समुन्द्री आधिको रुपमा फैलिरहेको छ।युरोपियन सदस्य रास्ट्र स्पेन पनि यो महामारीसँग जुध्ने कोशिस गरीरहेको छ।

यद्यपि भनेजस्तो परिणाम हात पार्न सकेको छैन।गएको शनिबार स्पेनिस फुटबल टिमका प्रशिक्षक फ्रान्सिको गार्सियाको कोरोनाकै कारण ज्यान गयो भने थुप्रै मानिस मृत्युसँग जुधिरहेका छन् ।गार्सियालाई स्वास्थ्यमा समस्या भएपछि त्यहाँको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो।तर अपस्तालको घनिभुत प्रयत्नका बाबजुत पनि उनको ज्यान बच्न सकेन।

हिजो मात्रै युरोपियन युनियनका सदस्य रास्ट्रहरुबिचमा भिडियो कन्फरेन्स मार्फत विशेष छलफल भएको थियो भने माहामारीसँग जुध्ने उपायको सन्दर्भमा छलफल भएको बताइएको छ।युरोपियन युनियनको बैठकले सदस्य रास्ट्रलाई सम्पूर्ण नाका बन्द गरी थप संक्रमण हुनबाट रोक्न आग्रह गरेको बुझीएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु