२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ कोरोनालाई जितेर घर फर्किइन् प्रसिद्धि

कोरोनालाई जितेर घर फर्किइन् प्रसिद्धि

नेपालमा कोरोनाबाट दोश्रो संक्रमित प्रसिद्धी श्रेष्ठ आज २७ दिनपछि कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

गत ४ चैतमा फ्रान्सबाट काठमाडौं आइपुगेकी प्रसिद्धि श्रेष्ठ १०चैतमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । उनि नेपालमा संक्रमित देखिने दोस्रो हुन् । यसअघि माघमा चीनबाट आएका व्यक्तिमा कोरोना देखिएको थियो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार गरिरहेकी उनको आज आएको अर्को रिपोर्ट पनि नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । केही दिनअघि गरिएको परीक्षणमा नेगेटिभ आएपछि फेरि गरिएको दोस्रो पटक परीक्षणमा समेत कोरोना नेगेटिभ आएपछि अस्पतालले आज उनलाई डिस्चार्ज गरेको हो ।

उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताउँदै सबैलाई धन्यवाद दिएकी छिन् ।
गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु