गृहपृष्ठ कोरोनाले स्पेनकी राजकुमारीको ज्यान गयो
कोरोनाले स्पेनकी राजकुमारीको ज्यान गयो

भोला लामिछान , स्पेन । स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टिगरेको छ ।मारिया टेरेसाको आफ्नै सन्तान नभए भाञ्जा भाञ्जीको साहारामा रहेकी थिइन । कोरोना भाइरसबाट स्पेनमा पहिलो राजपरिवारको मृत्यु भएको समेत डेलिमेलले बताएको छ ।उनको जन्म भने फ्रान्सको पेरिसमा भएको थियो ।मारियाका ६ भाइबहिनी रहेका छन् ।
उनले आफ्नो युवा अवस्था म्याडिडमा बिताएकी थिइन् ।मंगलबार मात्र इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएकी थिइन् । यसअघि बेलायतका राजकुमार चाल्सलाई समेत कोरोना भाइरसको संक्रमण भएको खबर बाहिरिएको थियो । उनी हाल स्कटल्याण्डस्थित आफ्नो घरमा आइसोलेसनमा छन् ।
केरोना भाईरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ भने संक्रमतिको संख्या ७२ हजार नाघको छ ।संक्रमति व्यक्तिहरु मध्ये १२ हजार उपचार पछि घर फर्केका छन् ।
स्पेनमा रहेका नेपाली समुदायमा पनी कोरोना भाईरस को प्रकोपले गाजेको छ कातालेनीयामा (बार्सिलोना) ६ जनामा पोजेटिभ देखीएको छ ,तारागोनामा ३ , कास्तिलोनमा ५ जना सारागोसा १, भ्यालेन्सियामा १ र गिरोनामा २ जना गरेर जम्मा १८ जना नेपालीहरूलाई कोरोना संक्रमण भएको छ ।नेपाली समुदायको पुर्ण विवरण गोप्य राखीएको छ ।