गृहपृष्ठ कोरोनाले ८ हजार ९ सय ३७ को मृत्यु, २ लाख १८ हजारमा संक्रमण (कुन देशमा कति मरे)
कोरोनाले ८ हजार ९ सय ३७ को मृत्यु, २ लाख १८ हजारमा संक्रमण (कुन देशमा कति मरे)

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बुधवार ८ हजारभन्दा बढीको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार विश्वभर बुधवारसम्म ८ हजार ९ सय ३७ जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा सबैभन्दा बढी यूरोपमा ३ हजार ४२२ जना छन्। एशियामा ३ हजार ३८४ व्यक्तिको मृत्यु भएको छ। २४ घण्टामा ७८ हजार ७६६ संक्रमित भएकोमा ६८४ जनाको मृत्यु भएको छ।


कोविड १९ को संक्रमण यूरोप महादेशमा तीव्र गतिमा भएको छ। इटालीमा मात्र २९७८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बुधवारसम्म बेलायतमा १ सय ४ जनाको ज्यान गएको छ ।