Covid-19
City Express

कोरोनाविरुद्ध जुध्न नेपाल सरकारलाई एनआरएनएको १ करोड रुपैयाँ सहयोग


कोरोना महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघ (NRNA) ले आर्थिक सहयोगको घोषणा गरेको छ । संघको आइतबार बसेको ७२ औं बैठकले १ करोड रुपैयाँबराबर प्रधानमन्त्री राहत कोषमार्फत् वा सल्लाहबमोजिम औषधिजन्य सामग्री सहयोग गर्ने निर्णय गरेको हो ।

संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति, त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।


संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी पनि गरेको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु