गृहपृष्ठ कोरोना कहर:गुल्मी समाज पोर्चुगलले भन्यो”समस्या छ भने फोन गर्नुस् हामी तत्काल सहयोग गर्ने छौ”
कोरोना कहर:गुल्मी समाज पोर्चुगलले भन्यो”समस्या छ भने फोन गर्नुस् हामी तत्काल सहयोग गर्ने छौ”
पिडाको घाँउमा मलम लगाउदै गुल्मी समाज पोर्चुगल

विश्व यतिखेर त्राहिमाम छ।यति कडा र अनौठो रोग हिमस्रक बन्छ भनेर सायदै कसैले पनि अनुमान गरेका थिएनन् होला ।तर त्यहीँ अनुमान र अपेक्षा बिपरीत तेजिलो हावामा उडान भरीरहेको छ ” कोरोना भाइरस(नोबेल कोभिड-१९) ले विश्वभर”।अहिले न गरिब न धनी, सबैका लागि समान तर बिस्मात बनेर आएको छ यो रोग।विश्वका शर्वशक्तिमान रास्ट्रहरु बेचेन छन् यतिखेर ।युरोपियन रास्ट्र पोर्चुगल पनि त्यहीँ रोगको छटपटाट्मा छ।हजारौंको संख्यामा मानिसहरु संक्रमित भएका छन् भने सयौंले ज्यान गुमाएका छन्।अबस्था विश्वयुद्ध भन्दा कम देखिएको छैन।
शहर -बजार सुनसान छन् ।युरोपियन रास्ट्र मध्ये संख्याको हिसाबले पोर्चुगलमा धेरै नेपालीहरु बसोबास गरिरहेका छन् ।यकिन दुरुस्त तथ्यांक नभएपनी २५ देखि ३० हजार नेपालीहरु रहेको बुझिएको छ।अहिलेसम्म कोरोना महामारीबाट २२ नेपाली संक्रमित भएको पुष्टि भएको छ।होटल,पसल,कतिपय उधोगहरु पनि बन्द भएका छन् ।यो बिकराल अबस्थामा नेपालीहरु पनि प्रभावित भएका छन्।
काम पनि ठप्प भएको र खान-बस्न पनि समस्या देखिएको संवेदनशिल अबस्थालाई मध्यनजर गर्दै पोर्चुगलमा केही समयदेखी कृयासिल गुल्मी समाज पोर्चुगलले पीडितको घाँउमा मलम लगाउने घोषणा गरेको छ।सामाजिक संजाल मार्फत अनुरोध गर्दै सस्थाले भनेको छ “नेपालीहरुको समस्यामा हामी छहारी बन्ने छौ”।पोर्चुगलको जुनसुकै शहर वा क्षेत्रमा कोरोना प्रभावले गर्दा खाने,बस्ने वा औषधि उपचारमा समस्या भएको छ भने तत्काल खबर गर्न सस्थाले आव्हान गरेको छ। जोसुकैको नेपालीको समस्या भएपनी हामी सबै नेपालीको साझा समस्याको रुपमा सस्थाले शिरोधार्य गरेको भन्दै समस्या समाधानमा पहलकदमी लिने सस्थाले उल्लेख गरेको छ।
समाजका सचीव अनुप मगरले भने”यो महामारीमा प्रताडित नेपालिहरुको सेवा गर्नुनै मानबिय धर्म हो।हामिले पिडामा रहेका नेपालीहरुलाई शितल छहारी दिने हरतरहले प्रयास गरीरहेका छौ”।समाजले समस्यालाई लिएर नआत्तिन भन्दै तत्काल सम्पर्क गर्न निम्न पदाधिकारीहरुको फोन नम्बर प्रेषित गरेको छ। युबराज पन्थी – ९३४८१२९४६ गोपाल ज्ञवाली- ९२००३७१४१ अमृत रिजाल- ९२०३४२१६८ तिलक पाण्डे – ९२०५३८७०७ आकाश भण्डारी – ९२००८४७६१ मोहन खड्का – ९२००९८९१३ अनुप मगर – ९३२६४८१९०