गृहपृष्ठ कोरोना कहर:नेपालमा संक्रमितको संख्या २९ सय नाघ्यो
कोरोना कहर:नेपालमा संक्रमितको संख्या २९ सय नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७८ जना मानिसमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
यो सँगै नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ।बुधबार मृत्यु भएका पाल्पाका युवाको पनि कोरोना भाइरस पुष्टि भएसँगै मृत्यु हुने संख्या भने ११ पुगेको छ।
नयाँ संक्रमित मध्ये ६७ पुरुष र ११ महिला रहेको मन्त्रालयले जनाएको छ।कोरोना संक्रमणको आशंकामा गत २४ घण्टामा ४२ सय ३२ जनाको नमूना परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिए।