२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ कोरोना नियन्त्रणमा घरेलुु उपचार पनि प्रभावकारी

कोरोना नियन्त्रणमा घरेलुु उपचार पनि प्रभावकारी

फिनल्यान्डबाट कोमल पौडेलको अनुरोध

कोरोना भाइरस (कोभिड -१९) संक्रमणको कारण घरमा बस्नु भएका वा अस्पतालमा भर्ना हुनुभएका सम्पूर्णलाई नेपालको जडिबुटी र घरेलु उपचारमा केही कमी नहोस् कामना गरौं।

किनकी यसको खास औषधी पत्ता लगाइ नसकेको अवस्थामा केही संक्रमितहरुको अनुभवको अधारमा पनि रुघा खोकी लगायत अरु देखिने लक्षणहरुलाई घरेलु उपचार मार्फत न्यूनीकरणकरण गर्न सकिन्छ।

यो बिधिलाई निरन्तरता दिन हार्दिक अनुरोध गर्दछु। अस्पतालमा भर्ना भएका बिरामीलाई ज्वरो छ भन्दैमा आइ. भी. मार्फत तरल पदार्थ दिनु भन्दा ओरल मुखद्वारा दिने र तातो दिने ब्यबस्था गरिएको छ भन्ने विस्वास छ। नियमित पोषिलो खाना र फलफुलको साथै हरेक ३ घण्टामा एक गिलास तातो पेय पदार्थ दिन सकिन्छ।

जस्तै तातो पानीमा ताजा कागतीको रस राखेर, तुल्शि मरिच ल्वाङ्ग, अदुवा (तुमल्वाअ) पकाएको, दालको रस्, जीरा ज्वानो, बेसार्,टिमुर्, लसुन, जिम्मु, (जिज्वाबेटिलजि) पकाएको, गुर्जो पकाएको र नेपाल सरकारले सिफारिस गरेका जडिबुटी र मरिच राखेर चिया पालैपालो दिने र लिने गर्दा अति उत्तम र लाभदायक देखिन्छ।

यदि कतै यस्तो ब्यवस्थापन नगरी उपचारमा मात्र सीमित गर्नु भएको भए कृपया सबै देशभरी यसरी उपचारको ब्यब्स्था गरिदिनु हुन सम्पूर्ण अस्पताल्, स्वास्थ्य संघ -सस्था र क्वारेन्टाइनका ब्यबस्थापकज्युहरुलाई हार्दिक अनुरोध गर्दछु।

सिटामलको साथै तातो घरेलु पेय पदार्थ अति नै प्रभावकारी भएको बिषय विभिन्न तथ्यबाट पुष्टि भएको सन्दर्भमा यसलाई प्राथमिकता राख्नु उपयुक्त देखिन्छ। यो घाटीमा रहेको समयमा तातो पेय लिएपछि शुद्ध बेसार र अदुवा मुखमा राखी बिस्तारै निलेमा पनि सहयोग हुन सक्छ।

यो भाईरस ४ दिन सम्म घाटीमा रहने र उपचार नपाए फोक्सो तिर जाने अनि सास फेर्न गार्हो हुने भनिएको छ। यस भाईरसको बाहिरी भाग बोसोले बनेको हुनाले तातोले यसलाई निष्क्रिय बनाउने रहेछ।

घाटीमा हुदै तातो पिउने र तातो नून पानीले गारगल गरी निष्क्रिय बनाई गम्भिर बिरामी हुनबाट बचाउन सकिन्छ। तातो कायम राख्न सके यसलाई कमजोर बनाउन सकिन्छ भने सकारात्मक चिन्तनले रोगसँग लड्ने शक्ति वृद्धि हुन्छ।


आफू पनि बचौ र अरुलाई पनि बचाउ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु