गृहपृष्ठ कोरोना प्रभावितलाई परियार सेवा समाज पाेर्तुगलको नगद सहयोग
कोरोना प्रभावितलाई परियार सेवा समाज पाेर्तुगलको नगद सहयोग

लिस्बन। पाेर्तुगलमा काेराेना महामारीका कारण प्रभावित भएका व्यक्तिहरुलाई परियार सेवा समाज पाेर्तुगलले नगद सहयाेग प्रदान गरेको छ।
यूराेपमा रहेर विभिन्न पेशा र व्यवसायमा आवद्ध परियार समुदायलाई भावनात्मक रुपमा जाेडने उद्देश्यका साथ हालसालै स्थापना भएकाे समाजले बिपतकाे घडिमा अाफ्ना समुदायका व्यक्तिहरुलाई जुन सुकै बेला अापत पर्ने भन्दै समाजले सहयोग अभियान सुरु गरेको समाजका संयोजक मान बहादुर परियारले जानकारी दिए ।
‘पाेर्तुगल र यूराेप भर छरिएर रहनु भएका परियार दाजुभाई, दिदि बहिनिहरुलाई स्वएच्छिक सहयाेग संकलनकाे अावहान गरेका थियौं ‘अभियानका संयाेजक समेत रहेका परियारले भने । केही दिनमै करिब ८०० यूराे संकलन गर्न सफल भएका छौँ ।
विपतका बाबजुत पनि ठूलाे मन गरेर धेरै व्यक्तिहरुले अार्थिक सहयाेग गर्नु भएकाे छ,र यस अभियानमा धेरै मनहरु जाेडिने क्रम जारिनै रहेको समाजले जनाएको छ।
यसैबीच समाजले अति प्रभावित ५ (पाँच ) जनालाई
मे २ तारिखका दिन पहिलाे चरणकाे सहयाेग हस्तान्तरण गरेकाे छ। सहयाेग प्याकेज ६० यूराेकाे नगदनै रहेकाे छ।
यस अभियानमा भावनात्मक रुपमा जाेडिनु हुने सम्पूर्ण व्यक्तिहरु कृष्ण दर्नाल ( हाल जर्मनी ), प्रेम परियार (हाल, नर्वे), निर्मला परियार ( हाल,वेल्जियम), र जश्मिन दर्नाल ( हाल, अमेरिका) लगायत सम्पुर्ण पोर्तुगलमा रहनुहुने सहयोगी मन भएका समाजका सदस्यहरुलाई परियार सेवा समाज तदर्थ समिति पाेर्तुगलले हार्दिक आभार व्यक्त गरेको छ।नर्वे मा रहनु भयको दाजुभाइहरुले यो महान कार्यकोलागी सहयोग गर्ने वचन दि सक्नु भयको छ।साथै येस्तो विषम परिस्थितिमा अभियानमा सामेल भै जोडीन र सकेको सहयोग गर्न आम समाजका प्रतिनिधिहरुलाइ अपिल समेत गरेको छ।