२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ कोरोना भाइरस ओमिक्रोन संक्रमण विश्वभर फैलियो,सतर्क रहन डब्लुएचओको आग्रह

कोरोना भाइरस ओमिक्रोन संक्रमण विश्वभर फैलियो,सतर्क रहन डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रनबाट अझै धेरै खतरा रहेको औल्याएको छ।

बुधबार डब्लुएचओले गएको हप्ता विश्वव्यापी रुपमा कोरोना संक्रमण बढेको तथ्यांक प्रस्तुत गर्दै खतरा औल्याएको हो।डब्लुएचओलेले पछिल्लो अवस्थाबारे जानकारी दिदै विश्वका धेरै देशहरुमा कोरोना संक्रमणमा वृद्धि भएको उल्लेख गरेको छ।

यसअघिको डेल्टा प्रजातिलाई उछिन्दै ओमिक्रन संयुक्त राज्य अमेरिका, बेलायतलगायतका देशहरुमा वृद्धि भएको जनाएको छ।

पछिल्लो समय यूरोपका फ्रान्स, बेलायत, इटाली, ग्रीस, पोर्चुगलमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेपछि डब्लुएचओको धारणा आएको हो। फ्रान्समा मात्र गएको २४ घन्टामा एक लाख ८० हजार संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु