२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ कोरोना रोकथामका लागि स्पेनले पठाएको स्वास्थ सामाग्री नेपाल आइपुग्यो,स्वास्थ्य मन्त्री त्रीपाठीले एअरपोर्टमै गएर बुझे

कोरोना रोकथामका लागि स्पेनले पठाएको स्वास्थ सामाग्री नेपाल आइपुग्यो,स्वास्थ्य मन्त्री त्रीपाठीले एअरपोर्टमै गएर बुझे

स्पेनले कोरोना महामारीमा जुधिरहेको नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री पठाएको छ।

उपचार तथा रोकथामका लागि स्वास्थ्य उपकरण तथा औषधि नेपाल पठाएको हो।उक्त सामाग्री आजै नेपाल आइपुगेको छ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो।

विमानलस्थल पुगेर ती सामान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रीपाठीले बुझेका थिए। स्पेनले भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजिन टेस्ट किट, पीपीई लगायत स्वास्थ्य सामग्री पठाएको हो। मन्त्री त्रीपाठीले कोरोना कहरको समयमा नेपाललाई विशेष सहयोग गर्ने स्पेन सरकारलाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु