गृहपृष्ठ कोरोना संक्रमणका कारण रुपन्देहीमा थप २ जनाको मृत्यु
कोरोना संक्रमणका कारण रुपन्देहीमा थप २ जनाको मृत्यु

पछिल्लो समय कोरोना महामारीको हटस्पट बनेको रुपन्देहीमा कोरोना संक्रमणका कारण थप २ जनाले ज्यान गुमाएका छन्।
बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएका नवलपरासीका १ जना र रुपन्देहीका १ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो।
मृत्यु हुनेमा रुपन्देही सुद्धोधन गाउपालिका ५ का ५५ बर्षिय पुरुष र नवलपरासी रामग्रामकी ४५ बर्षिय महिला रहेको अस्पतालले जनाएको छ।
पछिल्लो मृत्यु भएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९३ पुगेको छ।अवस्था जटिल बन्दै गइरहेको परिपेक्षमा सबैलाई विशेष सावधानी अपनाउन लुम्बिनी प्रदेश सरकारले विशेष आग्रह गरेको छ।