२०७७ माघ ३ गते शनिवार | January 16, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ कोरोना संक्रमणबाट नेपालमा एक सुत्केरी महिलाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा एक सुत्केरी महिलाको मृत्यु

मृत्युको कारण नेपालीहरु त्रासमा

कोरोनाकारण एक जनाको असामयिक निधन भएपछि नेपालपनि रेड जोनमा उक्लेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार २९ बर्षिय सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो।

सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी उनको १० दिनअघि त्रीवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो।स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई २५ गते डिस्चार्ज गरिएको थियो।

घरमा गैसकेपछि भने ज्वोरो आउने,रिंगटा लाग्ने र टाउको दुख्ने गरेपछि गाउकै एक क्लिनिकमा उपचार गरिएको थियो।तर गाउँमा निको नभएपछि बनेपाको धुलिखेल अस्पताल ल्याउनेक्रममा उनको बाटैमा मृत्यु भएको जनाइएको छ।

पिसिआर रिपोर्ट पछि मात्र उनको कोरोनाकै कारण मृत्युु भएको मन्त्रालयले पुष्टि गरेको हो।यो घटनापछि उनको गाउँ पुरै सिल गरिएको छ भने उनको सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु