२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ कोरोना सन्दर्भ :भारतीय डेल्टा भेरीयन्ट खतरानक साबित,पोर्चुगलमा पनि फैलियो

कोरोना सन्दर्भ :भारतीय डेल्टा भेरीयन्ट खतरानक साबित,पोर्चुगलमा पनि फैलियो

भारतीय डेल्टा भेरीयन्टको कोरोना संक्रमण पोर्चुगलको समुदायमा संक्रमण फैलिएको स्वास्थ्य महानिर्देशनालायले जनाएको छ।

जुन महिनाको ९ तारिखसम्म डेल्टा भेरीयन्टका ९२ जना संक्रमितहरुको पुष्टि भईसकेको स्वास्थ्य महानिर्देशनालायको तथ्यांकमा उल्लेख छ।

भारतीय डेल्टा भेरीयन्टको कोरोना संक्रमण बिशेष गरि लिस्बनमा देखिएको छ।

४ जुन सम्ममा डेल्टा भेरीयन्टका ७४ जना मात्रै संक्रमित फेला परेका थिए। जुन ९ सम्म पाइपुग्दा यो संख्या बढेर ९२ पुग्यो।

समुदायमा डेल्टा भेरीयन्ट फैलिएसंगै स्वास्थ्य महानिर्देशनालयले चिन्ता व्यक्त गरेको छ।

त्यस्तै स्वास्थ्य महानिर्देशनालयका अनुसार अल्फा भेरीयन्टले पोर्चुगलमा ८८.४ प्रतिशत संक्रमण फैलिएकोजनाएको छ।

उता ९ जुनसम्म अफ्रिकाबाट आएको बेटा भेरीयन्टका ११ जना संक्रमित फेला परेका छन्।

त्यस्तै ब्राजिलबाट फैलिएको गामा भेरीयन्टका १४२ जना संक्रमितको पुष्टी भएको छ।

पोर्चुगलले यी तिनै मुलुकहरुबाट आउने यात्रुहरुमा रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु