२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ कोशीमा छ्ड्के गोल गरेका शेखरले बालुवाटारमा गठबन्धन जोगाउने सहमति गरे

कोशीमा छ्ड्के गोल गरेका शेखरले बालुवाटारमा गठबन्धन जोगाउने सहमति गरे

कोशीमा छ्ड्के गोल गरेका काङ्ग्रेस नेता शेखर कोइरालाले बालुवाटारमा गठबन्धन जोगाउने सहमति गरेका छन्। आज बिहान प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र कांग्रेस नेता कोइरालाबीच कोशी प्रदेशमा उत्पन्न राजनीतिक घट्नाक्रमले सत्त्तागठबंधनलाई कमजोर हुन नदिने सहमती भएको छ।

तीन नेताबिच बालुवाटारमा बिहान यस्तो सहमती भएको हो । कोशीमा एमालेसित मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएका कोइरालाले गठबन्धनप्रती दृढ्ता व्यक्त गरेका छन।

‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेको सहमतिमा लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु