गृहपृष्ठ क्याथोलिक चर्चका सर्वोच्च धर्मगुरु पोपको पोर्चुगलमा भब्य स्वागत ,स्वागत समारोहमा लाखौको उपस्थिति
क्याथोलिक चर्चका सर्वोच्च धर्मगुरु पोपको पोर्चुगलमा भब्य स्वागत ,स्वागत समारोहमा लाखौको उपस्थिति

क्याथोलिक चर्चका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस्कोको पोर्चुगलमा भव्य स्वागत गरिएको छ।पोर्चुगलको मार्कुस पम्बलमा लाखौ मानिसको सहभागिताका बीच विशेष स्वागत गरिएको हो।
विश्व युवा दिवसका लागि विश्वबाट ४ लाख युवाहरु पोर्चुगल आएका छन्। त्यसमध्ये ७ हजार बढी भारतबाट आएको भारतको चर्चका नेता विश्वप रेभ भिभिन भेन्सेन्ट डेवानले बताए। भारतको राजधानी नयाँ दिल्लीबाट मात्रै झण्डै तीन सय युवा पोर्चुगल आएका छन्।
रास्ट्रपतिको सेल्फी, सर्वोच्च धर्मगुरु पोपको आत्मीयता
विश्व युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पोर्चुगलका रास्ट्रपती राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले सहभागी युवाहरुसँग सेल्फी लिएका छन्।
विश्व युवा सम्मेलनको अवसरमा आएका प्रायःजसो देशका युवाहरुसँग रास्ट्रपतीले सेल्फी लिएका हुन्। दिवसमा विभिन्न देशबाट ४ लाख युवाहरु पोर्चुगलमा भेला भएका छन्।
दिवसकै अवसरमा आकर्षक पात्र पोप फ्रान्सिकोले पनि बाटोमा भेटिएका सर्वसाधारणलाई बिदाइको हात हाल्याउँदै, सम्भव भएसम्म हात मिलाउँदै आत्मीयता साटेका छन्। सर्वसाधारणले आफ्नो नजिकैबाट हात हल्याउँदा खुसी प्रकट गरेका थिए।
भीडमा भेटिएका नेपालीले भने अचम्म मानेका थिए। नेपालमा रास्ट्रपती, विशेष व्यक्ति यात्रा गर्दा सडक सुनसान बनाउने प्रवृति छ। जसले गर्दा सर्वसाधारणले नजिकबाट त्यस्ता भिआइपीलाई नजिकबाट देख्न पाउँदैनन्।
विश्व युवा सम्मेलन : अत्यधिक भीडभाड, बढेन आर्थिक गतिविधि
पोर्चुगलले विश्व युवा दिवस आयोजना गर्यो । अगस्ट १ देखि ६ तारिखसम्म सम्मेलनको आयोजना गरियो। विश्वबाट ४ लाख युवा पनि आए।
तर, पोर्चुगलले सोचेजति आर्थिक लाभ लिन सकेन । अरु बेला भरिभराउ हुने होटल, रेष्टुरेन्ट यो अवधिमा ठप्प हुन पुगे। सवारी साधन पूर्णरुपमा प्रभावित भए। जसले गर्दा गल्लीमा रहेका रेष्टुरेन्ट, होटलमा स्थानीय जान पाएनन् । विदेशबाट आएका पाहुना पनि ती गल्लीमा रहेका तर नाम चलेका होटल, रेष्टुरेन्टमा गएनन्।
प्रायजसोः यहाँका धनी मानिस आइराख्ने रेष्टुरेन्टहरु सुनसानजस्तै देखिए । गाडी लैजान नपाए पछि उनीहरु हिँडेर जाने संभव देखिएन। होटल, रेष्टुरेन्ट मात्र होइन, किराना पसल पनि कारोबार उत्साहजनक हुन सकेन। पानी, जुस, फलफूल, बिस्कुट बिक्री सामान्य समय भन्दा निकै बढ्यो। तर, बियर बिक्री खासै नभएका सञ्चालकहरु बताउँछन् ।
रातभरि पसल खोल्न यहाँको सरकारले अनुमति दिएको थियो। तर, राती अबेर बियर बिक्री गर्न रोक लगाएको थियो । भीडभाडको तुलनामा व्यापार हुने अपेक्षा गरेका धेरै रेष्टुरेन्ट, खुद्रा पसलका मालिकहरु बिक्री नहुँदा अचम्मित परेका छन्।
तर, विश्व युवा दिवसको कार्यक्रम भएका स्थलहरुमा भने निकै चहलपहल देखिन्थ्यो। रेष्टुरेन्ट, पसलहरु पनि भरिभराउ देखिन्थे। झण्डा बोकेका मान्छेहरु पनि केहीले खर्च गरेको जानकार बताउँछन्।
धेरै पसल सञ्चालकहरु भन्छन्,‘ढोकाबाट गुज्रने हजारौं युवाहरू छन् तर किन्नेहरू थोरै छन्, अन्य समयको भन्दा तत्तीक कारोबारमा फरक भएको महसुस गर्नै पाइएन।’
नियमित ग्राहक लिस्बन छोडेको, कोही घरबाटै काम गर्ने गरेको तर पर्यटकले खर्च नगर्दा व्यवसायमा शिथिलता आएको सञ्चालक बताउँछन्।
सुपरमार्केटहरूले रोटी, फलफूल र पानी बेचे पनि तीर्थयात्रीहरूले बाहिर ल्याएर सडकमा खाने गरेको र खासै खर्च नगरेकाले आर्थिक चलायमान नभएको व्यापारीहरुले निष्कर्ष निकालेका छन्।
स्रोत:युरोपनेपाली खबर डट.कम