२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ क्रिकेटर सन्दीप लामिछाने छिटै नेपाल फर्किने ,सामाजिक संजाल मार्फत दिए जानकारी

क्रिकेटर सन्दीप लामिछाने छिटै नेपाल फर्किने ,सामाजिक संजाल मार्फत दिए जानकारी

प्रहरीको खोजीमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन्।

अहिले आफू मानसिकरुपमा विक्षिप्त र अस्वस्थ समेत रहेकाले आइसोलेसनमा रहेको उनले जानकारी दिएका छन्।

आफू रहेको स्थान नखुलाइकन सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सन्दीपले यस्तो बताएका हुन्। उनले कसुर प्रमाणित नभइकन आफूलाई अप’राधिका रुपमा चित्रण गरिएकोमा गुनासोसमेत गरेका छन्।


१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन।

सकारात्मक सोच, अथक मेहनत र आफुलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथिभाई र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु