२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ क्रीप्टो करेन्सी तथा बिट क्वाइनबाट कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

क्रीप्टो करेन्सी तथा बिट क्वाइनबाट कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

क्रीप्टो करेन्सी तथा बिट क्वाइनबाट कारोबार गरेको अभियोगमा ३ जना व्यक्तीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजन भट्टराई ,विशाल श्रेष्ठ र दिपेनराज श्रेष्ठ रहेको महाशाखाले उल्लेख गरेको छ।पक्राउ परेका व्यक्तिबाट खुल्न आएको विवरण यस प्रकार छ।

खुल्न आएका कुराहरुः–

पक्राउ व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग रु.२६,००,००।- कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिन आएको।

साथै नेपालमा क्रिप्टो करेन्सी को कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन हुन यसै बिज्ञप्ती मार्फत सबैमा जानकारी गराईन्छ।

पक्राउ ब्यक्तिहरुः- १. नाम राजन भट्टराई उमेरः- २१ बर्ष,ठेगानाः- जिल्ला पर्बत फलेबास न.पा.वडा नं.११ कर्नास।हालः- जिल्ला कास्की पोखरा बस्ने २. बिशाल श्रेष्ठ उमेरः- २५ बर्ष ठेगानाः- जिल्ला सुनसरी ईटहरी उ.म.न.पा.वडा नं.४ ईटहरी बस्ने ३. दिपेनराज श्रेष्ठ उमेरः- २७ बर्ष,ठेगानाः- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.११ थापाथली बस्ने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु