गृहपृष्ठ खाेज पत्रकार जीवन शर्मा सम्मानित
खाेज पत्रकार जीवन शर्मा सम्मानित

खाेज पत्रकार जीवन शर्मा सम्मानित भएका छन्। न्युज लाइन्स मिडियाको आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा शर्मा सम्मानित भएका हुन्।
विगत लामो समय देखि पत्रकार क्षेत्रमा आवद्ध रहेका शर्मा डिजिटल खवर डटकमका प्रवन्ध सम्पादक समेत हुन् भने विगत लामाे वर्ष देखि पत्रकारिता गर्दै आएका खाेज पत्रकारलाई खोज पत्रकारितामा पुर्याएको अतुलनीय योगदानको साथै समाजसेवाको उच्च मुल्यांकन गर्दै उनलाई सम्मान गरिएको हो।
कार्यक्रम न्युजलाइन्स मिडियाकी प्रबन्ध निर्देशक रीता ढकालको सभापतित्वमा सम्पन्न भएको थियो। सो कार्यक्रममा प्रमुख अतिथि बोधिसत्व स्वामी आनन्द अरुणले खादामाला सहित सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा हरि कार्की लगायत डा. हरि कुमार श्रेष्ठ, जगत गुरुङ, भावना केसी, आरबी बुढाथोकी, शुष्मा महरा, सुर्य बुढाथोकी, अक्कल तामाङ, यामप्रसाद ओली, श्यामराजा श्रेष्ठ, राजेन्द्र महर्जन, भीष्मराज फुलारा, विद्या तिवारी, एनी श्रेष्ठ, शिव फुयाँल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।