गृहपृष्ठ खुकुरी सहितको गोर्खाली नेपालीको प्रतिमा ईपरमा प्रतिस्थापन गरिनु पर्छ – नन्द कुमारी तमुस्यो अध्यक्ष तमु समाज बेल्जियम
खुकुरी सहितको गोर्खाली नेपालीको प्रतिमा ईपरमा प्रतिस्थापन गरिनु पर्छ – नन्द कुमारी तमुस्यो अध्यक्ष तमु समाज बेल्जियम

इन्दिरा चाम्लिङ,ब्रसेल्स – नेपाली समाजमा सबैभन्दा पुरानो तमु समाज बेल्जियमले तमु ल्होछार भब्य रूपमा सम्पन्न गरेको छ ।
कोरोना महामारीका कारण भर्चुअल रूपमा हिजो मनाईएको २६०५ औ ल्वाेँ ल्हो (गाई वर्ग ) ल्होछारमा प्रमुख अतिथी ब्रसेल्स नेपाली दुताबासका कार्यबाहक राजदुत सुधिर भट्टराईले तमु समाज बेल्जियम उत्कृष्ठ नेपाली समाज रहेको र समग्र नेपाली समुदायको भाईचारा कायम राख्न अतुलनीय भूमिका खेलेको बताएका छन्।
उहाले जातिय समाजको मात्रै काम नगरेर समग्र नेपालीको पहिचान दिलाउन तमु समाज सफल रहेको समेत दाबी गर्नुभयो।
समाजकी अध्यक्ष नन्द कुमारी तमुस्यो – दुर्गाको सभापतित्वमा सम्पन्न तमु ल्होछार कार्यक्रममा तमु ह्युला छोज धिँ गुरुङ राष्ट्रिय परिषद नेपालका केन्द्रिय अध्यक्ष रेशम गुरुङ , तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङले सम्पूर्ण नेपालीहरुको बिचमा आपसी सद्भाव भाईचारा र एकता कायम हुन प्रेरणा मिलोस भन्दै तमु समाज बेल्जियमले कला सस्कृति जगेर्ना गर्न खेलेको भूमिका प्रति धन्यबाद दिदै आगामी दिनमा अझ शशक्त हुनु आग्रह गरेका थिए।
समाजकी महासचिब अनिता घले गुरुङले संछालाना गरेको कार्यक्रममा यूरोपका ७ देशबाट २ सह भन्दा बढीको सहभागिता रहेको थियो।
नेपाली र तमु राष्ट्रीय गीतबाट प्रारम्भ गरिएको ल्होछार कार्यक्रममा प्रथम उपाध्यक्ष ओमराज गुरुंङले कार्यक्रममा उपस्थित सबैलाई सिंगो सस्ठाको तर्फबाट स्वागत मन्तब्य दिनु भयो भने सचिब बिकास गुरुंङले मास कन्ट्रोल गरेका थिए। पूर्ब अध्यक्षहरूको तर्फबाट सस्थापक अध्यक्ष मिन गुरुङले शुभकामना मन्तब्य दिनु भएको थियो।
एनआरएन केन्द्रीय उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ , एनआरएन बेल्जियमका पूर्ब अध्यक्षहरू जानकी गुरुङ , प्रेम गुरुङ, नेपाली कांग्रेस यूरोप महामन्त्री गंगाधर गौतम, र एनआर एन बर्तमान अध्यक्ष चित्र सुबेदी , नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका उपाध्यक्ष डिल्ली सुब्बा , लगायत ५५ भन्दा बढी संघ सस्था अध्यक्ष तथा प्रतिनिधीहरूले शुभकामना दिनु भएको थियो।
सामाजका सल्लाहकार नन्दुराज घलेले धन्यबाद ज्ञापन गरेको सो तमु ल्होछार कार्यक्रममा तमु समाज बेल्जियम अध्यक्ष नन्द कुमारी तमुस्योले बेल्जियको ईपर शहरमा स्थापित गोर्खाली नेपालीको प्रतिमाले बिर गोर्खाली नेपालीको पहिचान नाबोकेकोले तत्काल दुताबासले सहजीकरण गरी प्रतिमामा बिर गोर्खालीको प्रमुख हतियार खुकुरी सहितको प्रतिमा पुनर्स्थापन गर्न माग गर्नुभयो।
स्मरणीय छ इपर शहरमा नगरपालिकाले प्रदान गरेको जग्गामा नेपाली गोर्खालीको प्रतिमा केही वर्ष अगाडी तत्कालीन बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत राममणि पोखरेलको कार्यकालमा स्थापना गर्नु भएको थियो। बेलायत – फ्रान्स र बेल्जियमको सिमानामा रहेको इपर शहरमा कैयौ बिर गोर्खालीले बिश्वयुद्दमा ज्यान गुमाएका थिए।
तत्कालिन ईस्ट इन्डिया कम्पनीबाट युद्दमा होमिएका र सहादत प्राप्त सैयौ गुरुङ , मगर, राई – लिम्बु जातको नेपाली नामहरू र नेपालीहरूको नाम र पद सिङ्गमर्मरमा कुदिएर बेल्जियम सरकारद्वारा अध्याबधी राखिएको छ।