गृहपृष्ठ गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा,भने:काम गर्नै दिएनन्
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा,भने:काम गर्नै दिएनन्

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार राजीनामा दिएका छन्। गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका हुन्।
उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो। गत साता मात्रै गण्डकीको प्रदेश प्रमुखमा नेकपा एमालेले सीता पौडेललाई नियुक्त गरेको थियो।
यसअघि लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएर केही घण्टापछि फेरि मुख्यमन्त्री बनेका थिए। राजिनामाका क्रममा गुरुङले भने:काम गर्ने वातावरणनै भएन।हरेकपटक काममा भाजो हाल्ने मात्र कार्य भएको विज्ञप्तिमा उनले उल्लेख गरेका छन्।