गृहपृष्ठ गण्डकी प्रदेशमा विपक्षीले प्रदेशप्रमुख समक्ष मुख्यमन्त्रीमा दावी पेश गरे
गण्डकी प्रदेशमा विपक्षीले प्रदेशप्रमुख समक्ष मुख्यमन्त्रीमा दावी पेश गरे

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षर सहित दावी पेश गरेका छन्।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद अहिले प्रदेश प्रमुख सिताकुमारी पौडेलकहाँ पुगेका छन्।
शुक्रबार दिउँसो ३ बजे एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख पौडेलले दलहरूलाई २४ घण्टाको समयसिमा दिएकी थिइन्।
हिजो मात्रै संसदमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएका थिए।