२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ गण्डकी सरकार रस्साकस्सी:मुख्यमन्त्रीमा गुरुङले पनि दाबी गरे

गण्डकी सरकार रस्साकस्सी:मुख्यमन्त्रीमा गुरुङले पनि दाबी गरे

गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्। जेष्ठ २७ गते प्रदेशसभामा विश्वासको मत गुमाएका मुख्यमन्त्री गुरुङले जनमाेर्चाकाे कृष्ण थापाकाे पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

यता जनता समाजवादीका सांसदहरूले भने आफूहरूले शुक्रबारनै विपक्षीलाई साथ दिन भन्दै हस्ताक्षरसमेत गरिसकेको बताए।

जनता समाजवादी पार्टीको महन्त पक्षको प्रदेश समितिले मुख्यमन्त्रीमा पृथ्वीसुब्बालाई साथ रहेको पत्र प्रदेश प्रमुखलाई दिएको थियो।

वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो ३ बजेसम्म दाबीका लागि सूचना निकालेकी थिइन्।

सम्भावित गडबडीलाई ध्यान दिँदै विपक्षी गठबन्धनले शुक्रबार नै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा ३१ जना सांसदले सशरीर उपस्थित भएर हस्ताक्षर बुझाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु