२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ गायक प्रकाश सपूत भन्छन्:गीतमा राजनिती नगरौं बरु सबैले आत्मसमीक्षा गरौं

गायक प्रकाश सपूत भन्छन्:गीतमा राजनिती नगरौं बरु सबैले आत्मसमीक्षा गरौं

विवाद र चर्चामा आएको गीत ‘पिर’बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रस्टीकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत सोमबार गायक सपूतले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका छन्।

सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने उनको भनाइ छ। जसले गर्दा केही दर्शक स्रोतलाई कर्मा परेको महशुस गरेको उनले प्रस्ट पारेका छन्।

गीतले भन्ने चाहेको कुरा सबैलाई अवगत भइसकेकेको भन्दै उनले भनेका छन्, ‘एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ। मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु।

यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि ? तपाईंहरू (केही) ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु।’

’पिर’ बाट आफुले युद्धकै जग-बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको उनको भनाइ छ।

समानताको लागि एकसाथ लडेका कमरेडहरूबिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको उनको भनाइ छ। गीत मार्फत आफुले एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु