२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ गायक राजेश बर्देवाको संंगीतमा “कहिले बन्छ देश”नामक गीत बजारमा

गायक राजेश बर्देवाको संंगीतमा “कहिले बन्छ देश”नामक गीत बजारमा

नेपालको समसामयिक घटना र बास्तबिकता लाई मध्यनजर गरि तयार गरिएको गीत “कहिले बन्छ देश” सार्बजनिक भएको छ।

गीतको सुरुको लाइनमा भनिएको छ – “कहिले बन्छ देश मेरो कहिले बन्छ देश , फुलिसक्यो केश मेरो फुलिसक्यो केश “एउटा ब्यक्ति जन्मेर केश फुलिसक्दा पनि देशको हालत उस्तै रहेको जनताको अवस्था नबदलिएको कुरा लाई झल्काउन खोजिएको छ।

बिग्रदो देशको राजनिती परिस्थिति र उस्तै रहिरहेको भ्रस्टाचार,हिंसा,विभेद,गरिबी,अनियमितता  लगााायत यविभिन्न कान्डहरुको बारेमा शब्द समेटिएको छ।

गीतमा गायन रियालिटी सो “लोक स्टार” का चर्चित गायक रामकुमार नेपालीले स्वर दिएका छन् भने  चर्चित गायक एवम् सर्जक राजेश बर्देवाले संगीत गरेका छन्।

मनोज केसि ‘समय ‘ले सिर्जना गरेको गीतमा स्वयं गायकले अभिनय गरेका छन् भने उनलाइ बाल कलाकारले साथ दिएकी छन्।

डि आर सुजनको निर्देशन रहेको गीतमा रक कौशलको छायांकन तथा दिपक बिस्टको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु