गृहपृष्ठ गायिका ईन्दिरा गैरेको “मोया”चर्चाको शिखरमा
गायिका ईन्दिरा गैरेको “मोया”चर्चाको शिखरमा
छोटो समयमा चर्चा कमाउदै "मोया"ले

गायिका इन्दिरा गैरै रोमान्टिक एवम् मौलिक गीत प्रस्तुत गरेर आम दर्शकमाझ लोकप्रिय बन्दै गैरहेकी छिन्।त्यसको पछिल्लो उदारहणको रुपमा पनि “मोया” गीती सङ्ग्रहलाई लिन सकिन्छ।निकै मौलिक र ठट्यौली पारामा गीतलाई प्रस्तुत गरिएको छ।पछिल्लो समयका लोकप्रिय गायक रबिन लामिछानेको साथमा स्वयं गायिका गैरेले एल्बममा आबाज दिएकी छन्। यस गीतमा शरद पाण्डेको शब्द र अर्जुन सापकोटाको सङ्गीत रहेको छ भने रक्षा श्रेष्ठ र अर्जुन गौतमको बेजोड अभिनयले गीतलाई थप रोमाञ्चक बनाएको छ।कजिश श्रेष्ठले निर्देशन गरेको यश एल्बमलाई ताजा ईन्टरटेनमेन्टले बजार ब्यबस्थापन गरेको छ।