२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ गुटबन्दी रोगबाट पार्टीलाई पूर्णरूपले मुक्त बनाऔं:खनाल

गुटबन्दी रोगबाट पार्टीलाई पूर्णरूपले मुक्त बनाऔं:खनाल

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी समिति बैठकमा वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदन आधारभूत रूपमा ठीक रहेको बताएका छन्।

अन्तिम वक्ताका रूपमा रहेका उनले अब समाजवादी क्रान्ति र निर्माणको नयाँ युग सुरू भएको बताए।

‘नेपालमा ०६२र६३ को जनक्रान्तिमार्फत् पुँजीवादी(जनवादी क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्ति र निर्माणको नयाँ युग सुरू भएको छ’, बैठकमा उनले भने।

यसैगरी उनले गुटबन्दी रोगबाट पार्टीलाई पूर्णरूपले मुक्त बनाउनु पर्ने बताए।

बैठकमा उनले तीनै तहको सरकारको समीक्षा गर्नुपर्ने बेला आएको ‌औंल्याए।

उपचुनावका परिणामहरूबाट पार्टीले राम्ररी शिक्षा लिनुपर्ने भन्दै पार्टीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, संचार, यातायात लगायतका सबै क्षेत्रमा नयाँ नीतिहरू अघि सार्नुपर्ने उनले बताए।

उनले सबै कुरामा पार्टीले सरकारलाई नेतृत्व गर्नुपर्ने,पार्टीलाई विधि र पद्धति अनुरूप चलाउनु पर्ने,विधानलाई सबैले पालना गर्नुपर्ने आवश्यकता औंल्याए।

पार्टीलाई वैचारिक रूपले रुपान्तरण गर्नुपर्ने र पार्टीलाई बहुआयामिक रूपले निर्माण गर्ने प्रकृयालाई तीव्र पार्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु