२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ गुल्मीका ढकालको दुबईमा असामयिक निधन

गुल्मीका ढकालको दुबईमा असामयिक निधन

कोरोनाका कारण गुल्मीका चुरामणि ढकालको ज्यान गयो

कोरोना संक्रमणका कारण दुबईमा गुल्मीका चुरामणि ढकालको मृत्यु भएको छ । एनआरएनए यूके सचिव कोशलेश्वर ढकालका अनुसार विगत १५ वर्षदेखि दुबईमा कार्यरत ३९ वर्षीय ढकालको अवुदावीको स्थानीय अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान निधन भएको हो।

मृतक ढकालका श्रीमती, एक छोरा र एक छोरी छन् । अपांगता भएका छोरा उठ्न समेत नसक्ने अवस्थामा छन् । मृतक यसअघि अन्य कुनै गम्भीर स्वास्थ्य समस्या बाट पीडित नभएपनि दुई वर्षअघि निमोनिया भएर दुबईमै उपचार गराएका थिए।

पुर्ख्यौली गुल्मी जोहांग घर भएका मृतक ढकालको बसाई पछिल्लो समय कपिलवस्तुको वाणगंगामा रहेको र परिवारको आर्थिक अवस्था पनि निकै कमजोर रहेको उनका आफन्त समेत रहेका एनआरएनए यूके सचिव कोशलेश्वर ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु