गृहपृष्ठ गुल्मीका प्रधानको असामयिक निधन,शव व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न अपिल
गुल्मीका प्रधानको असामयिक निधन,शव व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न अपिल

पोर्चुगलमा एक नेपालीको असामयिक निधन भएको छ।गुल्मीका उदय सिंह प्रधानको लिस्वनमा उपचारका क्रममा मृत्यु भएको हो।
लिस्वनको साओजोती मार्टिमुनिजमा उपचाररत प्रधानको अकस्मात निधनले सम्पूर्ण नेपाली समुदाय स्तब्ध भएको छ। विगत ३ बर्ष देखि पोर्चुगलमा बस्दै आएका ४७ बर्षिय प्रधान सरल स्वभावका थिए।
शव व्यवस्थापनका लागि गुल्मी समाज पोर्चुलले आर्थिक सहयोगको अपिल गरेको छ।उनलाई आर्थिक सहयोग गर्न चाहने व्यक्तिले निम्न खातामा रकम पठाउन सक्ने जानकारी दिइएको छ।
यसै क्रममा गुल्मी समाजका सचिव अनुप मगरले सम्पूर्ण गुल्मीबासीलाई यस अभियानमा सहयोग गर्न अपिल गरेका छन्।
प्रधानको शव व्यवस्थापन र परिवारको सहयोगका लागि समाजले हरतरहले सहयोग गर्ने उनले जानकारी दिए।
सहयोग गर्नका लागि खाता नम्बर -PT50000700000040964409623
खातावालाको नाम -प्रकाश पाण्डे
बैंक नाम:नोभो बैंक ,पोर्चुगल